२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजुरआमाको ब्वायफ्रेण्डद्वारा ११ वर्षकी बालिका बलात्कार



अ+ अ-

यो दुनियाँमा क्रुर तथा पापी बलात्कारीहरुको कमी छैन । दक्षिण अमेरिकी देश अर्जेन्टिनामा हालै एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ ।

एकजना ६५ वर्षका वृद्धले आफ्नै प्रेमिकाकी ११ वर्षीया नातिनीको बलात्कार गरेका छन् । आफ्नै हजुरआमाको ब्वायफ्रेण्डबाट बलात्कारमा परेकी ती बालिका गर्भवती बनिन् । अन्ततः ती बालिकाले २३ हप्तामा बच्चा जन्माएकी छिन् ।

समाचार अनुसार त्यो वृद्धले ती बालिकामाथि आक्रमण गरी बलात्कार गरेको थियो । उत्तरी अर्जेन्टिनाको टुकुम्यान प्रान्तमा यो घटना भएको हो ।

बलात्कारबाट गर्भवती बनेकी ती बालिकामाथि नियतिले यस्तो अन्याय गर्यो कि उनलाई गर्भपतन गर्न पनि कानूनले छेक्यो ।

ती बालिकाले अस्पतालमा आफै गएर आफ्नो पेटमा रहेको गर्भ निकालिदिन अनुरोध गरिन् । तर कानूनी रुपमा अभिभावकको स्विकृतिको अभावमा अस्पतालले गर्भपतन गर्न मानेन ।

कानून अनुसार अभिभावकको स्विकृति बिना अवैध रुपमा रहेको गर्भको गर्भपतन गर्न पाइँदैन ।

वास्तवमा बलात्कारको घटनापछि उनकी हजुरआमालाई बालिकाको अभिभावकत्वबाट विमुख गराइएको थियो । सोही कारण हजुरआमा कानूनी रुपमा अभिभावक बन्न नपाएको हुँदा उनको गर्भपतन गराउन समस्या परेको थियो ।

अन्ततः ती हजुरआमाको अभिभावकत्व फिर्ता गराइएसँगै गर्भपतनको लागि कानूनी प्रक्रिया पूरा गरियो । त्यति बेलासम्म बालिकाको पेटको गर्भ २३ हप्ताको बनिसकेको थियो ।

२३ हप्ताको गर्भ पतन गर्नु बालिकाको स्वास्थ्यका लागि खतरनाक हुने भन्दै फेरि डाक्टरहरुले गर्भपतन गराउन अस्विकार गरे । अन्ततः ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालियो ।

बालिकाको पेटबाट जीवितै बच्चा निकालिएको भएपनि त्यो बाँच्ने सम्भावना नरहेको बताइएको छ ।

एजेन्सी




भर्खरै