२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैज्ञानिकको नयाँ खोज : एक ग्रह जहाँ १६ घण्टाको एक वर्ष हुन्छ



अ+ अ-

एजेन्सी । वैज्ञानिकहरूले ब्रम्हाण्डमा निरन्तर नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका छन् । हालै वैज्ञानिकहरूले ब्रम्हाण्डमा बृहस्पति जस्तै एक नयाँ ग्रह पत्ता लगाएका छन् । अनौठो त के भने उक्त ग्रहमा मात्र १६ घण्टाको एक वर्ष हुन्छ ।

वैज्ञानिकहरूले उक्त नयाँ ग्रहको नाम TOI-2109b राखेका छन् । यो ग्रह ब्रम्हाण्डमा पाइएको दोश्रो सबैभन्दा तातो ग्रह हो । यो ग्रहको सतहको तापक्रम ३३०० डिग्री सेल्सियस छ । अल्ट्राहट जुपिटर पनि भनिने यो ग्रहमा विशाल ग्याँस भण्डार छ । यसले केवल १६ घण्टामै आफ्नो तारालाई परिक्रमा गर्दछ ।
यो ग्रहको घनत्व बृहस्पति ग्रहको भन्दा पाँच गुणा धेरै छ र बृहस्पति ग्रह जस्तै तातो छ ।

वैज्ञानिकहरूका अनुसार अहिलेसम्म ४ हजार भन्दा धेरै यस्ता ग्रहहरू पत्ता लागिसकेका छन् जो सौर्यमण्डलभन्दा बाहिर छन् । तीमध्ये कतिपय ग्रह त यस्ता छन् जसले हाम्रो पृथ्वीभन्दा हजारौँ प्रकाश वर्ष टाढा रहेका ताराको परिक्रमा गरिरहेका हुन्छन् ।

पछिल्लोपटटक पत्ता लागेको ग्रह सबैभन्दा अनौठो हुनुको कारण यसले केवल १६ घण्टामै आफ्नो ताराको परिक्रमा गर्नु हो । जसका कारण यसमा केवल १६ घण्टामै एक वर्ष हुन्छ । यसको एक वर्ष त पृथ्वीमा एक दिनपनि हुँदैन ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट अन्तरगत MIT नेतृत्वको अनुसनधान मिसनले उक्त नयाँ ग्रह पत्ता लगाएको हो । यो ग्रह आफ्नो ताराको नजिक कसरी जान्छ भन्ने कुरा एक दुई वर्षमै पत्ता लगाइसक्ने प्रमुख अनुसन्धानकर्ता इयान वोंग बताउँछन् ।