२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्यामा हेलिकप्टर दुर्घटना, चार जना पर्यटकको मृत्यु



अ+ अ-

नैरोबी ।  केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो । 

दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । 

टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।