२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्षमा पठाइयो पर्यटक



अ+ अ-

फ्लोरिडा । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ ।

यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै मानव थिएनन् । रिप्ले नाम दिइएको मानव आकृतिलाई अन्तरिक्ष यात्रीले लगाउनेजस्तो पोसाक लगाइएको छ भने यसमा प्रसस्त सेन्सर जडान गरिएको छ ।

मानव अन्तरिक्षमा जाँदा उनीहरूले भोग्ने चापलगायत विभिन्न तथ्यांकहरू यी सेन्सरबाट संकलन गर्ने योजना छ ।अमेरिकाको क्यालिफोर्नियामा अवस्थित कम्पनी स्पेस एक्सका लागि छोटो अवधिमा यो ठूलो सफलता मानिएको छ । पेसाले प्रविधि उद्यमी एलन मस्कले मानवलाई अन्तरिक्षमा लैजाने उद्देश्य साथ यो कम्पनी स्थापना गरेका थिए ।

अहिले जसरी काम भए अमेरिकी अन्तरिक्षसम्बन्धी निकायले यो प्रणालीलाई नियमित रूपमा अन्तरिक्षमा मानव पर्यटक लैजान यो वर्षको अन्त्यतिर स्वीकृति दिने अनुमान गरिएको छ । स्पेस एक्सका संस्थापक एलन मस्कले यो कदम अन्तरिक्षमा व्यावसायिक रूपमा मानव ग्राहक लैजान पहिलो हुने बताए ।

सन् २०११ यता अमेरिकासँग अन्तरिक्षमा मानव पठाउने विमान छैन । आफ्ना अनुसन्धानकर्तालाई अन्तरिक्ष पठाउन उसले रुसलाई पैसा तिरिरहेको छ । अर्बपति मस्कले भने मानिसलाई पर्यटकका रूपमा चन्द्रमा लैजान चाहन्छन् ।

डेमोस्वरूप स्पेस एक्सका फल्कन नाइन रकेट र ड्र्यागन क्रु क्याम्पसुल केनेडी स्पेस सेन्टरको ऐतिहासिक प्यान ३९ एबाट पूर्वतयारीबमोजिम उठेका थिए ।

‘सन् २००२ देखि यो अवस्थासम्म आइपुग्न १७ वर्ष लाग्यो । खुलस्त रूपमा भन्दा म भावनात्मक रूपमा थाकेको छु, यो निकै चुनौतीपूर्ण थियो,’ डमी मानवलाई अन्तरिक्षमा पठाएपछि उनले भने । ‘अहिले नासालाई सहयोग गर्न हामी बढी केन्द्रित छौं तर ड्र्यागन नियमित सञ्चालनमा आएपछि हामी व्यावसायिक रूपमा मानवलाई अन्तरिक्षमा लैजान ग्राहकको खोजीमा लाग्छौं । यसका लागि नासाको प्रशासन पनि निकै सकारात्मक छ ।’

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जान चाहने मानिसहरू आफ्ना ग्राहक हुन सक्ने मस्कको आकलन छ । स्पेस एक्सले यसअघि सोयुज कारलाई अन्तरिक्ष पठाएको थियो ।

मानवलाई अन्तरिक्षमा लैजान स्पेस एक्सले तयार पारेको विमान ड्र्यागन क्रु क्याप्सुलमा विभिन्न लाइफ सपोर्ट सिस्टम राखिएको छ । विमानमा कुनै गडबडी आए पृथ्वीमा फर्कन मिल्ने गरी यसमा तीन वटा प्यारासुट पनि राखिएको छ ।

केही वर्षअघिसम्म अमेरिकी अनुसन्धान निकाय नासाका इन्जिनियरले अन्तरिक्षमा जाने विमान निर्माणमा खटनपटन गर्थे । उनीहरूकै डिजाइनमा तयार हुने विमान निर्माताले त्यसको सञ्चालन मात्रै गर्थे । अहिले अवस्था फेरिएको छ । हिजोआज नासाले आफूलाई चाहिएको विशेषता भन्छ र कम्पनीहरूले त्यो आवश्यकता पूर्तिको काम गरिदिन्छन् ।

सन् २०११ यता अमेरिकाले आफ्नो अनुसन्धानकर्ता अन्तरिक्षमा पठाउन रुसी विमान प्रयोग गर्दै आएको थियो । नासाले मानिस ओसार्न सक्ने विमान निर्माणका लागि स्पेसएक्स र बोइङसँग करिब ७ अर्ब डलर बराबरको सम्झौता गरेको छ । अन्तरिक्ष पुगेपछि ड्र्यागन पुनः पृथ्वीमा फर्कन यसैमा थ्रस्टर राखिएको छ, जसले विमानलाई पृथ्वीतर्फ धकेल्छ । अन्तरिक्षमा पठाइएको ड्र्यागन शुक्रबारसम्म त्यहाँ बस्नेछ ।

अन्तरिक्षमा मानव लाने विमान नहुँदा अमेरिकाले रुसलाई प्रतिसिट ८ करोड डलर तिर्दै आएको थियो । रुससँग अन्तरिक्षमा मानिस लैजान अमेरिकाले सन् २०१९ सम्मको सम्झौता गरेको भए पनि यो वर्षको अन्त्य र आगामी वर्षका लागि केही सिट किनिसकिएको छ । अहिलेको परीक्षण पूर्ण रूपमा सफल भए ड्र्यागन क्रुको जुनमा सुरक्षासम्बन्धी परीक्षण गर्ने योजना छ । यसमा इमर्जेन्सीको अवस्थामा कसरी काम गर्छ भन्ने परीक्षण हुनेछ ।

स्पेस एक्सले आफ्नो विमानमा मानवका रूपमा नासाका दुई अन्तरिक्ष यात्रीलाई बोकेर लैजाने तयारी गरेको छ ।




भर्खरै