२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपी पनि मुछिए



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको नामसमेत जोडिएको छ । आफूले घुस लिएको स्वीकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको खुलेको छ ।

‘भिडियो प्रकरणमा प्रत्यक्ष जोडिएका केही व्यक्तिसँग बयान सुरु भइसकेको छ, उनीहरुले प्रमाण नष्ट गर्न पाठकले एसएसपी सिंहलाई परिचलान गरको बयान र्दिका छन्,’ अख्तियार स्रोतले भन्यो, ‘भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिने, धम्क्याउनेदेखि सादा कागजमा बयान गराएको सम्म खु्लेको छ ।

अख्तियार स्रोतका अनुसार महाशाखा प्रमुख सिंहसहित साइबर अपराधसमेत हेर्ने महाशाखाको पिलर ४ का डीएपीलगायतको टोलीले पटक पटक धरपकडदेखि दुव्र्यवहार गरेको बताएका छन् । यो समाचार कान्तिपुर दैनिकले प्रकासित गरेको छ ।