२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राज्य अमेरिकाले दियो नेपाली सेनालाई ‘स्काई ट्रक’, प्रतिकुल मौसममा सजिल्यै उडान भर्न सक्ने



अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सन् २०१९ को अन्त्यमा नेपाल आइपुग्ने भएको छ। अमेरिकाले डेढ दशकअघि नै नेपाली सेनालाई चारवटा स्काई ट्रक अनुदान दिने प्रतिबद्धता जनाएको थियो।

नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता दरबार हत्याकाण्डपछि अमेकिारले रोकेको थियो। डेढ दशक रोक्का गरेर अमेरिकाले नेपाललाई सैन्य सहायता पुनः उपलब्ध गराउन थालेको हो।

चारमध्ये दुईवटा स्काई ट्रक निर्माणका लागि पोल्यान्डस्थित कम्पनीसँग समझदारी गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कम्पनीसँग उक्त स्काई ट्रक तत्काल निर्माण गर्ने समझदारी गरेपछि नेपाल ल्याउने निश्चित भएको हो। पोल्यान्डस्थित कम्पनीसँग पेन्टागनले गरेको सम्झौताअनुसार आगामी डिसेम्बरभित्र उक्त जहाज नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ।

अमेरिकी रक्षा मन्त्रालयले नयाँ एम–२८ स्काई ट्रक निर्माणको सम्झौता पोलिस एयरक्राफ्ट उत्पादन कम्पनी पोल्स्की जाकेल्डी लोटनिक्ज कम्पनी (पिजेडएल) सँग गरेको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अमेरिकी डिफेन्स ब्लग म्यागेजिनले लखेको छ। उक्त सम्झौता गत शुक्रबार भएको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकासित छ ।