२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त सैनिक अभ्यास स्थगित, उत्तर कोरियालाई मनाउने प्रयास जारी



अ+ अ-

सियोल । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न लगाउने उद्देश्यले कुटनीतिक प्रयत्नका लागि संयुक्त सैन्य अभ्यास रोकेको बताइएको छ ।

भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अन बीचको शिखर वार्ता विना सहमति टुङ्गिए लगत्तै दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास स्थगित गर्ने निर्णय सार्वजनिक भएको छ । उक्त शिखर वार्तामा कुनै औपचारिक सम्झौता नभए पनि दुबै पक्ष वार्तालाई निरन्तरता दिन प्रयत्नरत छन् ।

दक्षिण कोरियामा हाल करिब ३० हजार अमेरिकी सैनिक तैनाथ छन् । वार्षिक सैन्य अभ्यासमा दशौं हजार दक्षिण कोरियाली सेना पनि सहभागी हुने प्रचलन छ । उत्तर कोरियाले उक्त वार्षिक सैन्य अभ्यासलाई आफू विरुद्धको हमलाका रुपमा लिँदै आएको छ ।

दक्षिण कोरियामा तैनाथ सेना तत्काल फिर्ता गर्ने कुनै योजना नरहेको स्पष्ट गर्दै आउनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली सैन्य अभ्यासको खर्चका बारेमा बारम्बार प्रश्न उठाउने गरेका छन् । हनोईमा आयोजित पत्रकार सम्मेलनमा समेत राष्ट्रपति ट्रम्पले यो सैन्य अभ्यास “ज्यादै खर्चिलो” रहेको बताएका थिए ।

दक्षिण कोरियाली रक्षामन्त्री जियोङ क्योङ–डू र अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानबीच शनिबार भएको टेलिफोन वार्तामा दुबै मुलुकबीच “की रिजल्भ एन्ड फोल इगल” नामको वार्षिक सैन्य अभ्यास नगर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

यो सैन्य अभ्यास अमेरिकी गठबन्धन मुलुकबीचको सबैभन्दा ठूलो सैन्य अभ्यास हो ।

विगतमा यस अभ्यासमा दुई लाख दक्षिण कोरियाली सेना र झण्डै ३० हजार अमेरिकी सेना सहभागी हुने गरेका थिए ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियासँगको सैनिक तनाब कम गर्न तथा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई सहज निष्कर्षमा पु¥याउने गरी सकारात्मक वातावरण तयार गर्न सैनिक अभ्यास स्थगित गरिएको जनाएको छ ।

वासिङ्टन र सियोलले सोमबारदेखि सुधारिएको र परिवर्तित सैनिक अभ्यास गर्नेछन् । यो अभ्यास आगामी मार्च १२ सम्म चल्नेछ । नौ दिनको यस अभ्यासमा प्रतिकार्य नभई आत्मरक्षामा जोड दिइएको छ । यस अभ्यासमा कति सेना सहभागी हुनेछन् भन्ने जानकारी दिइएको छैन ।

दक्षिण कोरियाका विदेश मन्त्रीले सियोलका मुख्य आणविक विशेषदूत ली डो–हूनले अमेरिकी प्रतिनिधि स्टेफन बाइगनसँग वार्ता गर्न अमेरिका प्रस्थान गर्ने बताएका छन् ।

“विशेषदूत ली यसै साता अमेरिका जानेछन्,” मन्त्रालयका प्रवक्ता नोह क्यू–डुकले बताए ।