२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटी पुनः लिगको शीर्ष स्थानमा, लिभरपुललाई लाग्यो धक्का



अ+ अ-

काठमाडौँ । बर्नेमाउथलाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई १–० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेजले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा बराबरी खेलको सिटीले दोस्रो हाफमा गोल गर्दै जित हात पारेको हो ।

खेलको ५५ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई १–० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा आफ्नो अग्रतालाई कायमै राख्दै सिटीले बर्नेमाउथविरुद्ध जित हात पारेको हो ।

जितपछि सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले २९ खेलबाट ७१ अंक बनाएको छ । पराजित बर्नेमाउथको भने २९ खेलबाट ३४ अंक छ ।

२८ खेल खेलेको लिभरपुलको ६९ अंक छ । लिभरपुलमाथि सिटीले लिगमा दुई अंकको अग्रता बनाएको छ ।