२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा इमान्दार नेता भएनन्- पूर्व राष्ट्रपति यादव



अ+ अ-


काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशले इमान्दार नेता नै नपाएको बताएका छन् । उनले भने, मुलुकमा इमान्दार नेताहरुको अभाव भयो, देशले यस्तो नेता नै पाएन ।
डिल्लीबजार बहुमुखी क्याम्पसको वाषिर्कोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति यादवले यस्तो गुनासो गरेका हुन् । उनले भने, ‘अहिले राजनीतिक क्षेत्रमा को मान्छे छ, जसको नाम सुन्दा तपाई शिर निहुराउनु हुन्छ ?
त्यस क्रममा उनले भने, जसरी मनमोहन, पुष्पलाल, कृष्णप्रसाद, वीपी वा गणेशमानको नाम लिँदा जनताको शिर आफैं निहुरिन्छ तर अहिले त्यस्तो को छ र देशले गर्व गर्नसक्ने ?
इतिखेर देशमा इमान्दार मान्छेहरुले चुनाव जित्न नसक्ने अवस्था पनि छैन, उनले भने । पूर्वराष्ट्रपति यादवले भने, अहिले कांग्रेस लगायतका दलहरुले प्रत्यक्षतर्फ ठेकदारलाई टिकट दिएको र समानुपातिकको सिट बेचेका छन् रे, मैले त्यस्तै सुनेको छु ।