२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला जिप दुर्घटना : मृतक ११ जनाकै सनाखत



अ+ अ-

दार्चुला — शुक्रबार दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु भएका ११ जनाकै सनाखत भएकाे छ ।

सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाकाे हिकिला गइरहेको म १ ज २८० नम्बरको जिप राति करिब ८ बजेतिर दुहु गाउँपालिका–३ राताकाठाभीरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियाे ।

मृत्यु हुनेमादुहुँ गाउँपालिका-२ हिकिलाका ४१ वर्षीय कल्यानसिह बडाल, उनकी छोरी १५ वर्षीया निर्मला बडाल, सोही वडाका ३५ वर्षीया परुली धामी रहेका छन्। यस्तै,दुहुँ–२ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धाना बम, ५३ वर्षीया मानमती भट्ट, दुहुँ–४ का ५५ वर्षीय अमरा बम र सात वर्षीया आयुसा बम, बैतडीको दोगडाकेदार गाउँपलिका-६ सित्तडका ६० वर्षीय प्रताप चन्द र करिब २१ वर्षीया स्नेहा बम रहेकाे प्रहरीले जनाएकाे छ।

घटनास्थलबाट गाडी चालक दिपकसिंह धामीको घाइते अवस्थामा उद्दार गरिएकोथियाे। गम्भीर घाइते चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि भारतकाे पिथाैरागढ रिफर गरिएको छ।

२०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला-तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो।

दुहुँ गाउँपालिका–५ गरमोरासम्म यातायात सञ्चालन गर्न र श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साघुरो र भीर क्षेत्र भएकोले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै उक्त बैठकले यातायात सञ्लनमा रोक लगाएको थियो।

तिंकर सडकको सबैभन्दा जोखिमयुक्त ठाउँ भएकाले उक्त क्षेत्रमा बढी जसो यात्रुहरु उत्रिने र सवारी साधन खाली लगेर पछि फेरि बस्ने गर्थे।

तर, केही सवारी भने यात्रु नओराली आवात जावत गर्थे। प्रशासनले खाली जिप र ट्याक्टरहरुमा गुड्न दिने भनेपनि सवारी धनीहरुले यात्रुहरुलाई बोक्ने गरेकोले ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ।