२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

चियाकाे ‘अक्सन मार्केट’ निर्माणको काम अलपत्र, एक कराेड खर्च बालुवामा पानी



अ+ अ-


पशुपतिनगर : नेपाली चियाको लिलाम बिक्री केन्द्र ‘अक्सन मार्केट’ बनाउन अध्ययन र अवलोकनमै करीब रु एक करोड खर्च भइसके पनि अहिले काम ठप्प रहेको छ । 

आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको बजेटमा चियाको अक्सन मार्केट निर्माणले प्राथमिकता नपाएपछि काम ठप्प भएको हो ।

किसान र व्यवसायीले अक्सन मार्केट निर्माणका लागि माग गरेपनि सरकारले बजेटमा चिया र अक्सन मार्केट निर्माणमा चासो नदिएको सूर्योदय टि एशोसिएशनका सचिव गोपाल कट्टेलले बताउनुभयो । 

“हामीले वर्षौदेखि माग गरेपनि चालु आर्थिक वर्षमा अक्सनका विषयमा कार्यक्रम नै छैन”, उहाँले भन्नुभयो, “चिया तथा कफि विकास बोर्डमार्फत अक्सन मार्केट निर्माणका लागि रु एक करोड रुपियाँ खर्च भइसकेको छ ।” चियाको अन्तर्राष्ट्रिय बजार नहुनु, टे«डमार्कमा ढिलाइ हुनु र उत्पादित तयारी चियालाई भारतको कोलकाताकै अक्सनमा पठाउनुपर्ने बाध्यताले व्यवसायी र किसानले सरकारसँग नेपालमै अक्सन मार्केट निर्माणको माग गर्दै आएका छन् । 

अक्सन बनाउने ठाउँ, अक्सनको सम्भाव्यताका विषयमा प्रयास धेरै रहे पनि सरकारले महत्व नबुझेको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालले बताउनुभयो । सरकारले चियाको बजार, विदेशी मुद्रा आर्जनको बाटो र उद्योगी व्यवसायीका बारेमा नबुझ्दा चिया क्षेत्रको समस्या समाधान नहुने दाहालले बताउनुभयो । 

चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडमार्फत अघिल्ला दुई आर्थिक वर्षमा नेपाली चियाको अक्सनका लागि झापाको धुलाबारी र विर्तामोडलाई स्थान छनोट गरिएको थियो । अक्सन कार्यालय, वायर हाउस, ल्याब बनाउन पनि त्यसबेला अध्ययन गरिएको थियोे । 

सूर्योदय नगरपालिकाले अक्सन मार्केट निर्माणका लागि नगरसभाबाटै प्रस्ताव चालू आर्थिक वर्षमा पारित गरेको थियो । नगरपालिकाले विसं २०७४ चैतमा विदेशी क्रेता ल्याएर इलाममा उत्पादित साना उद्योगको ‘टी टेस्टिङ’ गराएको थियो । भारतको कोलकाताकै भर परेको नेपाली चियाका लागि अक्सन मार्केट नहुँदा थप जटिल बनेको व्यवसायी प्रदीप अग्रवालले बताउनुभयो । 

नेपालमा अक्सन चलाउँदा अक्सनमार्फत बिक्री हुने चियाको ६० प्रतिशत भ्याट फिर्ताको व्यवस्था, अक्सनमा राखिएको चियालाई धितो राखेर ऋण लिन पाउनुेपर्ने र अक्सन चलाउन सुलभ ऋणको व्यवस्था हुनुपर्ने प्रस्ताव व्यवसायीले गरेका छन् । व्यवसायीको माग बजेटमा नसमेटिएपछि अक्सन सञ्चालन हुन नसकेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताउनुभयो ।