२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्सी चालकमाथि तरवार र खुकुरी प्रहार



अ+ अ-

काठमाडौँ । तुलसीपुरमा एक ट्याक्सी चालकमाथि तरवार र खुकुरी प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर निवासी अन्दाजी २४ बर्षीय गणेश हमालमाथि शुक्रवार दिउँसो ३ बजेतिर तरवार र खुकुरी प्रहार भएको हो ।

हमालको हमालको टाउको, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । मुखमा मास्क लगाएर आएका चार/पाँचजनाको संख्यामा रहेका अपरिचित युवाहरुले हमालमाथि तरवार र खुकुरी प्रहार गरेका थिए ।

यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले तरवार र खुकुरी हानेर फरार युवाहरुको खोजी भइरहेको जानकारी दिए । घाइते हमाललाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल प्रारम्भीक उपचारपछि थप उपचारको लागि नेपालगंज रेफर गरिएको छ ।