२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक अवरुद्ध



अ+ अ-

रुकुम (पूर्व) । रुकुम (पूर्व) लाई बागलुङ हुँदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा महीनादिन यता यातायातका साधन चल्न सकेका छैनन् ।

रुकुम (पूर्व) र बागलुङको सिमानामा पर्ने सडकखण्डमा तीनदेखि पाँच फिटसम्म हिउँ जम्दा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

यातायातका साधन ठप्प हुँदा खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ । पहिलेको हिउँ बिलाउन नपाउँदै बारम्बारको हिमपातले सडकमा हिउँ थुप्रिदा समस्या भएको स्थानीयवासी बताउँछन् ।

हिउँ जमेपछि रुकुम ९पूर्व० बाट बागलुङ, पोखरा हुँदै काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् । सडक अवरुद्धकै कारण ढोरपाटन शिकार आरक्ष पुग्ने मानिस पनि रुकुमकोटमै बसिरहेका छन् । हिउँ नपग्लिँदा उक्त सडकखण्ड पूर्णरुपमा यातायातका साधन ठप्प भएको स्थानीय मरिचमान पुनले बताए ।

अस्थायी सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरासम्म यातायातका साधन पुग्ने गरे पनि त्योभन्दा माथि हिउँका कारण जान सकेका छैनन् । गैठी, बेल्चाले हिउँ पन्छाएर बाटो खुलाउने प्रयास गरे पनि चिसोको कारण सम्भव नभएको पुनले बताउनुभयो । पैदल यात्रालाई समेत कठिन हुने गरी बाटोमा हिउँ जमेपछि त्यस क्षेत्र शून्य भएको छ ।