२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तान विवादले सिमामा कडाइ, विप्लव कार्यकर्तामाथि थप निगरानी



अ+ अ-

भैरहवा । भारत र पाकिस्तानबीच विवाद बढ्दै गएपछि नेपाल–भारत सिमानामा कडाइ गरिएको छ। नेपाल र भारत नाकाबाट हुने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण गर्न रूपन्देही र सुनौली नाकामा सुरक्षा जाँचमा कडाइ गर्न थालेका छन् ।


प्रहरीले एनसेलको बिभिन्न जिल्लमा रहेको टावरमा बम बिष्फोट गराएपछि विप्लव नेतृत्वको नेकपाको गतिविधि पनि निगरानी गर्न सुरक्षा टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार विप्लवका कार्यकर्ताहरुले पनि घटना घटाउन सक्ने भन्दै उनिहरु माथि निगरानी राखिएको हो ।

विप्लवका कार्यकताहरुलाई नेपाल प्रहरीको टोलीले आवश्यक निगरानी राखेको छ भने भारतले आफ्नो नाका वरपर भारतीय गुप्तर संस्था (रअ), इन्टिलिजेन्स ब्युरो (आइबी), स्पेसल टाक्स फोर्स (एसटिएफ), लोकल इन्टिलिजेन्स युनिट (एलआइयु), सीमा सुरक्षा बल (एसएसबी) लगायत युनिट सीमा नाकामा खटाएको छ ।

उक्त युनिटले केही महिनापछि हुन लागेको लोकसभा निर्वाचनमा हुन सक्ने घुसपैठ रोक्न पनि यी स्रोतको परिचालन गरेको हो ।

प्रमुख सब–इन्सपेक्टर राजेन्द्र सिंहले भने, ‘सबै गुप्तर संयन्त्र आआफ्नो ढंगले निगरानी गर्दै नाकामा सक्रिय छन्’, स्रोतले भन्यो, ‘सूचना स्रोतसँग पनि उनीहरु निरन्तर सम्पर्कमा छन्।’ अवैध घुसपैठका लागि सुनौली नाका संवेदनशील मानिन्छ।

सिंहले नाकाबाट विस्फोटक पदार्थ भित्रिन सक्ने सम्भावना रहेकाले चौबीसै घन्टा निगरानीमा राखेर गस्ती गरिरहेको बताए।