२७ जेष्ठ २०८३, बुधबार
,
Latest
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविमा हाजिरी र उत्तरपुस्तिका नै हराउछन्



अ+ अ-

साँखु । त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो ।

परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए ।

पशुपति बहुमुखी क्याम्पसबाट स्नातक दोस्रो वर्षको नियमित परीक्षा दिएका सिन्धुपाल्चोकका गणेश दाहालको २०७४ मा परीक्षाफल प्रकाशित हुँदा चार विषयमा उतीर्ण र एउटा अनुपस्थित भनेर नतिजा आएपछि उनी छक्कै परे ।

नियमित पाँचवटै विषयको परीक्षा दिएका उनले एउटा विषयमा अनुपस्थित रहेको भन्ने जानकारी पाएपछि परीक्षामा सामेल भएको हाजिर र मार्कसिटसहित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा धाए तर, त्रिविले वास्ता नगरेपछि उनले हेलो सरकारमा उजुरी दिए । उजुरीपछि त्रिविले परीक्षाको उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी गर्ने आश्वासन दियो । तर परीक्षा दिएको एक वर्षसम्म पनि यसको अत्तोपत्तो छैन ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा यस्तै समस्या लिएर पुग्नुभएको थियो, जनकपुरका श्यामसुन्दर यादव । उहाँकी छोरी चन्द्रिका कुमारीले स्नातक परीक्षा पास गर्नुभयो, मार्कसिटमा पनि पास भएकै आयो तर, ट्रान्सक्रिप्टमा गयल अर्थात ‘एब्सेन्ट’ देखायो ।

छोरीको बिगे्रको लब्धाङ्कपत्र सच्याएर ट्रान्सक्रिप्ट लिन बल्खु धेरैपटक गए । तर कर्मचारीले पनि राम्रोसँग नबुझाएको र हैरानी खेप्नुपरेको उहाँको भनाइ छ । माथिका घटना त केही प्रतिनिधिमूलक मात्र हुन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुकै गल्तीका कारण विद्यार्थीले हैरानी मात्रै खेप्नुपरेको छैन, उनीहरूको भविष्य नै अन्योलमा पर्ने अवस्था सिर्जना हुन पुगेको छ ।

हाजिरीसहित परीक्षा दिँदा पनि नतिजा नआएर परीक्षा नियन्त्रण कार्यालय पुग्ने सयौं विद्यार्थीलाई तपार्इँको उत्तरपुस्तिका हराएको छ, फेरि परीक्षा दिनुहोस् भन्दै कर्मचारीले पन्छाउने गरेका छन् । त्रिभुवन विश्वविद्यालय, देशभरीका अधिकांश विद्यार्थीकोे भविष्य जोडिएको ठाउँ पनि हो ।

देशको पुरानो यो विश्वविद्यालयबाट मान्यताप्राप्त देशका विभन्न भू–भागमा सोही अन्तर्गतका क्याम्पस सञ्चालनमा छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी भइरहेको बताए । ‘उत्तरपुस्तिका खोजी गरिरहेको छौं । अहिलेसम्म फेला परेको छैन, फेला परेपछि सम्पर्क गर्ने छौं ।”

परीक्षा नियन्त्रण कार्यालयले सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा रहेर विद्यार्थी तथा सङ्गठनभित्रका थुप्रै कार्य गर्नेगर्दछ । यस शाखालाई जिम्मेवारीको हिसाबले विद्यार्थीसँग सबैभन्दा नजिक रहेर विद्यार्थीको कार्यसम्पादन गर्नुपर्ने केन्द्र भनेर बुझ्न सकिन्छ । तर यस्तो जिम्मेवार निकायको सानो गल्तीका कारण सयौँ विद्यार्थीको भविष्य अन्योल बनेको छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट हुने कार्य ट्रान्सक्रिप्ट वितरणको हैरानी त छदैछ, त्यहाँ भएका कमी कमजोरीका कारण रजिस्ट्रेशन नम्बर पनि गलत आउँदा तथा उत्तरपुस्तिका हराउनु लगायतका थुप्रै हैरानी विद्यार्थीले नै खेप्ने गरेका छन् । “देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा बेथितिको जालो वर्णन गरी साध्य छैन । अझै त्रिविकै परीक्षा नियन्त्रण कार्यालय बल्खु त विद्यार्थीको ट्रान्सक्रिप्ट, मार्कसिट, रजिस्ट्रेशन र उत्तरपुस्तिका सन्र्दभमा कर्मचारीको चरम लापरवाहीदेखि धाकधम्कीसम्मको सामना गर्नुपर्ने हुन्छ”–एक विद्यार्थीले भने ।

हरेक वर्ष परीक्षाफल प्रकाशित हुँदा परीक्षा दिँदा अनुपस्थित भनेर बल्खुमा गुनासो गर्न आउनेको सङ्ख्या निकै देखिन्छ । कसैको ट्रान्सक्रिप्टमा, कसैको रजिस्ट्रेशन नम्बर फरक, त कसैको नाम नै गलत आउने गर्दछ । परीक्षा नियन्त्रण कार्यालयले गरेका यस्ता गल्तीको विद्यार्थी स्वयंम आफैले पुनः शुल्क तिरेर सच्याउनुपर्ने अवस्था छ ।

विद्यार्थीले नगरेका गल्तीमा पनि पुनःशुल्क तिर्नुपर्ने तर पनि सजिलासँग काम नहुने गरेको अवस्था त्रिविविमा रहेका छन् । यति मात्र होइन, त्रिविमा विचौलिया प्रवृति पनि फस्टाउँदै गएको छ । सम्पूर्ण प्रक्रिया पु¥याएर विद्यार्थीले आफ्नो मार्कसिट लगायतको प्रमाणपत्र पाउँ भन्दै निवेदन दिँदा समेत प्रमाणपत्र पाउँदैनन् । कर्मचारीले केही न केही सानो कमजोरी देखाएर पन्छिदै केही दिनको भाका राख्ने गरेको वानेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत सिन्धुलीका सुशील घिमिरे बताए ।

परीक्षा नियन्त्रण कार्यालय जस्तो देशभरका सेवाग्राही आउने शाखामा आवश्यक सूचना पाटी समते छैनन् । कुन काम कुन कोठाबाट हुन्छ भन्ने सामान्य जानकारीसहितको कुनै पनि बोर्ड त्यहाँ भेटिदैनन् ।

देशकै पुरानो र ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण शाखाले कर्मचारी व्यवस्थापनलाई सबल, सुदृढ र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।




भर्खरै