२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिया प्रयोग



अ+ अ-

जनकपुर । ‘तपाई सीसी क्यामेराको निगरानीमा हुनुुहुन्छ’ जनकपुस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ । सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ ।

सेवाग्राहीले प्रस्ट देख्ने गरी लेखा फाँट, राजस्व तोक्ने काउन्टरको दाहिनेतर्फ अख्तियारको सूचना छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस रिस्वत मागेमा ९८५४०३१४५६ र ०४४ ५५०६६८ मा फोन गर्नुहोला ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयमाथि निगरानी बढाएपछि बिचौलिया र कर्मचारी तर्सिएका छन् । तर, उनीहरुले घुस खान छोडेका छैनन् । घुस माग्ने नयाँ नयाँ उपाय प्रयोगमा ल्याइरहेका छन् । यो समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ ।