२७ जेष्ठ २०८३, बुधबार
,
Latest
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्युबामा नयाँ संविधानका बारेमा जनमतसङ्ग्रह



अ+ अ-

हवाना । संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसङ्ग्रह भएको छ ।

चुनावको परिणाम आइतबार प्राप्त हुने अपेक्षा गरिएको छ । “हामी क्युबालीले नयाँ संविधान, दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा उदाहरण प्रस्तुत गर्नका लागि मतदान गर्दैछौं,” राष्ट्रपति मिगेल डायाज–कनेलले मतदानका क्रममा बताए ।

“हामी भेनेजुएलाका लागि पनि मतदान गर्दैछौं, हामी भेनेजुएलाको पक्षमा छौं किनभने भेनेजुएलामा यस महादेशकै सबैभन्दा ठूलो नाटक मञ्चन भइरहेको छ ।”

राष्ट्रपति डायाजले चिली, कोलम्बिया र पाराग्वेका राष्ट्रपतिहरुले भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोको समर्थन गरेकाप्रति पनि आक्रोश पोखेका थिए । “कोलम्बियाको सीमामा केही राष्ट्रपतिहरु छन्, र तिनीहरु हासोका पात्रजस्ता देखिएका छन् ।”

क्युबाले भेनेजुएलाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेको छ । क्युबाले अमेरिकी सैनिक अतिक्रमणको विरोध गरिरहेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले भेनेजुएलाको सीमामा ल्याइएको मानवीय सहायतालाई आफ्नो देशविरुद्धको अमेरिकी कदमको संज्ञा दिएका छन् । यस्तो सहायता अधिकांश अमेरिकाबाटै भेनेजुएला सीमामा पुर्याइएको छ ।

क्युबाली अधिकारीहरुले करिब ८० प्रतिशतले मतदान गरेको बताएका छन् ।

सत्तारुढ कम्युनिष्ट पार्टीका प्रथम सचिवको शक्तिशाली पदमा आसिन पूर्व राष्ट्रपति राउल क्यास्ट्रोले पनि बिहानै मतदान गरेका थिए ।

अमेरिकी सिनेटर मार्को रुबियोले क्युबाको तथाकथित जनमतसङ्ग्रह सत्तामा आफ्नो पकड अझ बलियो बनाउने कुत्सित मनसायबाट गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सन् १९७६ को संविधानलाई प्रतिस्थापन गर्ने नयाँ संविधानले पनि स्वतन्त्र बजार र निजी लगानीलाई सीमित गर्नेछ । यी दुबै कार्यहरु कम्युनिष्ट पार्टीले मात्र सञ्चालन गर्न पाउनेछ ।

साथै, संविधानले समाजवाद मुलुकको एकमात्र विचारधारा हुने परिकल्पना गरेको छ । यो धारणामाथि क्याथोलिक चर्चले आपत्ति जनाएको छ ।

क्युबाका प्रतिबन्धित विपक्षीहरुले भने यसपटक मतदान बहिस्कार गरेका थिए ।

यस जनमतसङ्ग्रहमा दुईवटा विकल्प मात्र दिइएको थियोः नयाँ संविधानको पक्ष वा विपक्ष अर्थात् हुन्छ वा हुन्न ।




भर्खरै