२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहले आठ जिल्लाका सिडि‍‍ओ हेरफेर



अ+ अ-

काठमाडौं । गृहमन्त्रालयले शुक्रबार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी हेरफेर गरेको छ। जसअनुसार इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेको सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

रोतहटको कामु सिडिओमा गृहमन्त्रालयमा किरण थापा, पाँचथरको सिडिओमा गृहमन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्टलाई दार्चुलाका सिडिओको जिम्मेवारी दिइएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक सिडिओका रुपमा कार्यरत सुरेशकुमार बझाङका सिडिओ भएका छन्। भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका सिडिओ, सिन्धुपाल्चोकका सहायक सिडिओ दुर्गा बन्जाडे जुम्लाका सिडिओ तथा इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको सिडिओ बनाइएको छ।