२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत आयोजनामा वनको अवरोध, जग्गा दिन नसक्दा एक वर्षदेखि अवरुद्ध



अ+ अ-

काठमाडौँ । रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर प्रसारण लाइन निर्माण एक वर्षदेखि अवरुद्ध छ ।
प्रसारण लाइन क्षेत्रमा पर्ने म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्मको २।५८ हेक्टर वनक्षेत्र भोगाधिकार र त्यहाँ रहेका रूख काट्न दुईवटै जिल्लाका वन कार्यालयले आयोजनालाई अनुमति दिएको छैन । १३ पुस ०७४ को मन्त्रिपरिषद् बैठकले भने वनक्षेत्र रहेको जग्गा भोगाधिकार र त्यहाँ रहेका ४ हजार २ सय ८ रूख काट्न स्वीकृति दिएको थियो ।

तर, जिल्ला वन कार्यालयले सट्टा जग्गा उपलब्ध नगराउँदासम्म रूख काट्न र जग्गा भोगाधिकार गर्न अनुमति दिन मानेन । जसले गर्दा २२० केभी क्षमताको प्रसारण लाइनको ३० वटा टावर स्थापनाको काम रोकियो ।

जग्गाको सट्टा आवश्यक रकम उपलब्ध गराउने सर्तसमेत वनले नमानेपछि वन क्षेत्रमा जोडिएको जग्गा खरिद गर्न बोलपत्र आह्वान गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । एसियाली विकास बैंकको सहयोगमा सन् २०१६ मा सुरु भएको आयोजना लक्षित मिति मे २०१९ सम्म निर्माण सम्पन्न नहुने देखिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।