५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट उद्धार गरिएका १७९ जना पुनर्स्थापना केन्द्रमा



अ+ अ-


काठमाडौं – भारतको मणिपुर हुँदै बर्मा र बर्माबाट तेस्रो मुलुकमा अबैध रुपमा लैजान लागिएका एक सय ७९ जनालाई उद्धार गरी काठमाडौंस्थित विभिन्न संस्थाका पुनर्स्थापना केन्द्रको जिम्मा लगाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये १४७ जना महिला र ३२ जना पुरुष रहेका छन् ।

मन्त्रालयका सहायक प्रवक्ता पृथबहादुर केसीका अनुसार माइती नेपालमा ९४ जना, प्रवासी नेपाली समन्वय समितिमा ३२ जना, आम्कास नेपालमा १५ जना, शक्ति समूहमा १० जना, पौरखी नेपालमा २० जना तथा साथी संस्थामा ८ जनालाई पुनर्स्थापना केन्द्रमा राखिएको छ ।

उनीहरुलाई उक्त संस्थामा मनोपरामर्श र अनुसन्धानका लागि राखिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।

भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासको सूचना र सक्रियता तथा भारतको मणिपुर सरकार, मणिपुर समाज कल्याण विकास र मणिपुर प्रहरीको सहयोग तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व एवं समन्वयमा उनीहरुलाई बुधबार स्वदेश फिर्ता ल्याइएको थियो ।

उद्धार कार्यमा प्रत्यक्ष संलग्न रहेका भारतको मणिपुर सरकार, दिल्लीस्थित नेपाली राजदूतावास, नेपाल प्रहरीको मानव बेखबिखन नियन्त्रण ब्युरो, जिल्ला प्रशासन कार्यालय झापा र विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएकामा मन्त्रालयले सबैलाई धन्यवाद दिएको छ ।

प्रारम्भिक अनुसन्धानमा उद्धार गरी नेपाल ल्याइएका उनीहरुलाई संगठित गिरोहले इराक लगायतका खाडी मुलुकमा लैजान लागेको खुलेको छ ।