२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

लियोनका गोलरक्षक एन्थोनी लोपेस चल्दा, बार्सिलोनाका मेस्सी र स्वारेज चल्न सकेन्न



अ+ अ-

काठमाडौँ । स्पेनिस कल्ब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा फ्रेन्च क्लब लियोनसँग गोलरहित बराबरीमा रोकिएको छ ।

लियोनको घरेलु मैदानमा मंगलबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले बराबरीमा चित बुझाएको हो ।

लियोनका गोलरक्षक एन्थोनी लोपेसले बार्सिलोनाका शसक्त प्रहारलाई सजिलै विफल पारेका थिए । मध्यभाग र पोस्ट प्रहारमा समेत एकतर्फी प्रदर्शन गरेको बार्सिलोनाको सबै प्रयासमा लोपेस एक्लै पहाड बनेर उत्रिए ।

५९ प्रतिशत बल नियन्त्रणमा लिएको बार्सिलोनाले खेलभर २५ वटा पोस्ट प्रहारको अवसर सिर्जना गरेको थियो । स्टार खेलाडी लियोनल मेस्सी, लुइस स्वारेज, फिलिपे कोउटिन्हो, ओउसमाने डेम्बेले लगायत खेलाडीलाई उतारेको बार्सिलोनाले अन्ततः गोल गर्न सकेन ।

बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणको अवे खेलमा जित निकाल्न नसकेको यो छैटौं पटक हो ।

यी दुई टोलीबीचको दोस्रो आगामी मार्च १३ मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।