२७ जेष्ठ २०८३, बुधबार
,
Latest
टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

७३४१ कर्मचारीको समायोजन सकियो, कति कर्मचारी कहाँ ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । सरकारले ७ हजार ३४१ कर्मचारीहरुको समायोजन सकेको छ । हालसम्म समायोजन सकिएको ७ हजार ३४१ कर्मचारीहरुमध्ये संघमा समायोजन भएकाहरुको संख्या ५ हजार ६९१ छ ।

९०७ जनाको प्रदेशमा र ७४३ जना स्थानीय तहमा समायोजन भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समायोजन महाशाखाले सबैभन्दा पहिले सचिवबाट समायोजनको काम सुरु गरेको थियो । सचिव, सहसचिव, उपसचिवको समायोजन पूर्णरुपमा सकिइसकेको छ ।

कर्मचारी समायोजन महाशाखा प्रमुख एवम् सहसचिव केदार पनेरुका अनुसार अब अधिकृतका अन्य समूहसँगै लेखापाल, सहलेखापाल, नायब सुब्बा र खरदारको समायोजनको काम पनि सुरु गर्ने तयारी छ ।

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो ।


यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६६२ सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो ।

मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको हो । प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनीयर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी छ ।

सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

अहिले अधिकृतको समायोजनको काम जारी छ । अधिकृततर्फ प्रशासन, लेखा र राजश्व समूहको समायोजन सकिएको छ ।

सूची तल हेर्नुहोला

https://samayojan.gov.np/site/result-published?fbclid=IwAR2FAvtjUzQ7tBpZ7UPyFltIdiqGVGSRgGvEVBWCuleBI0fV3fnEhXfM0NM




भर्खरै