
मुम्बई । कश्मिरको पुलवामा सैनिकमाथि भएको आत्मघाती हमलापछि पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न रोक लगाउने चेतावनी दिइएको छ ।
आइतबार फेडेरेशन अफ वेस्ट इन्डिया सिने इम्प्लोइज् (Federation of Western India Cine Employees) , इन्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टरस् एसोसियसन (Indian Flim & Television Director’s Association) (IFTDA) लगायत २४ फिल्म संघले र्यालीको आयोजना गरेर बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाउन माग गरेका थिए ।
भूषण कुमारको कम्पनी टि–सीरिजले यूट्युब च्यानलबाट सबै पाकिस्तानी गायकको गीत हटाएको छ । टि–सीरिजले १५ फेब्रवरीमा पाकिस्तानी गायक राहत फतेह अली खानले गाएको गीत ‘जिन्दगी’ लन्च गरेको थियो । कम्पनीले अहिले यूट्युव च्यानलको साथसाथै अन्य सामाजिक सञ्जालमा भएको म्यूजिक भिडियो पनि हटाएको छ ।












