२७ जेष्ठ २०८३, बुधबार
,
Latest
‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक भइसक्यो : विदेशमन्त्री अरेआजा



अ+ अ-

काराकास । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गर्नुभएको छ ।

दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक भइसकेको उहाँले शनिबार जानकारी दिनुभएको हो ।

“हामीले दुई ओटा बैठक सम्पन्न गरिसकेको साँचो हो, तर त्यसका बारेमा मैले सबै विवरण दिन सक्दिनँ, मैले गोपनीयताको ख्याल गर्नु पर्दछ,” उहाँले भन्नुभयो ।

भेनेजुएलाको राज्यद्वारा सञ्चालित टेलिभिजनमा बोल्दै उहाँले एक अर्कालाई राम्रोसँग चिन्नेगरी र विषयवस्तुलाई बुझ्नेगरी छलफल गरेको बताउनुभयो ।

उहाँले थप्नुभयो, “बैठकमा विवादका कुराहरु भए, अरु गहिरो मतभिन्नताका कुरा भए, सँगसगै आपसी चासोका बारेमा पनि एक अर्कालाई बतायौँ ।”

उहाँले यी बैठकहरुबाट सकारात्मक नतिजा आउने विश्वास गरिएको पनि जानकारी दिनुभयो ।

भेनेजुएला र अमेरिकाको विषयमा हुने छलफललाई निरन्तरता दिन र संस्थागत गर्नका लागि एउटा साझा निकाय बनाउने बारेमा पनि छलफल भएको भेनेजुएलाका विदेश मन्त्रीले उल्लेख गर्नुभयो ।

अमेरिकी उच्चस्तरीय प्रतिनिधि र भेनेजुएलाका प्रतिनिधिहरुको दुई पक्षीय बैठकका बारेमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पुरै जानकारी भएको पनि विदेश मन्त्रीले बताउनुभयो ।