२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

के पशुपति शर्माको एउटा गितले दुई तिहाईको सरकार र शक्तिशाली कम्युनिष्टहरु डराएकै हुन त ?



अ+ अ-

“लुट्न सके लुट कान्छा , अरु देशमा पाईदैन् नेपालमै हो छुट”
भन्ने चर्चित गित २०७५ साल फाल्गुन ३ गते सुक्रवार यसै गितका गायक तथा सर्जक पशुपति शर्माले सार्वजनिक गरे । गित सुक्रवार र शनिवार दिनभरी व्यापक रुपले चल्यो । देशदेखी परदेशसम्म सवैको मुखमुखमा यो गित गुञ्जीयो । असाध्यै मनपराउन थाले । प्रत्यक नेपालीहरुले गितलाई आफ्नो फ़ेसबुक वालदेखी ट्विटरसम्म र हरेक सामाजिक संञ्जालका भित्ताहरुमा टास्न थाले ।

शुक्रवार नै यो गित ले उचाई पायो । जतिले यो गित हेरे , सवैले एकअर्कालाई देखाउन थाले , पठाउने प्रकृया यति तिब्र भयो की प्रधानमन्त्री कार्यलय , राष्ट्रपति कार्यालय , मन्त्रालय , सरकारी कार्यालय , सरकारमा रहेका दलका नेता , कार्यकर्ता हुदै केन्द्र देखी स्थानीय तहसम्म यो गित गुञ्जियो । सवैका टाउको दुख्न थाल्यो । भ्रष्टाचार गर्नेहरु त सुक्रवार र शनिवार राम्रोसँग सुत्नै सकेनन् ।

दिनमा गित कतैबाट सुनिन्छकी भनेर मोवाईल , ल्यापटप , टिभी , रेडियो सबकासब बन्द गरेर केहि समय गहिरो चिन्ताम अधिकांस डुबे । राति सपनामापनि सुतेको ५ मिनटमै यो गित गुञ्जिन थाल्यो । जे गर्दापनि बन्द हुन सकेन् ।भ्रष्टाचारमा मुछिएकाहरुको निद हराम भो । कसरी हुन्छ , पशुपतिले यो गित युट्युवबाट हटाईदिए हुने थियो भनेर सपनाको घर मनमनै निर्माण गर्न थाले ।


एच.बी ताम्राकार

राष्ट्रपतिले प्रयोग गर्ने हेलिकप्टेर, वाईड बड़ी काण्ड , सुन काण्ड , भ्रष्टाचार गरेर घर र गाडी जोडेको काण्ड , सुशासन , सुरक्षा , आचरण , नैतिकता , विकास , गरिवि , समस्यालाई गित मार्फत शर्माले संबोधन गरे । यो गितले देशमा भएको सत्य कुरालाई देखाउन खोजेको छ । व्याङ्ग्यात्मक तरिकाले कमेडिएन , कलाकार वा जो कोहि पनि देशका स्वतन्त्र नागरिकले विरोध गर्ने , लेख्ने , आवाज उठाउने र दवाब दिन पाउने गरी देशमा राजनैतिक परिवर्तन भएको हो ।

आफ्नो आवाज राख्नु अपराध होइन् । कलाकारले गित गाउनु अन्याय होइन् ।विपक्षी दलले सरकारको नराम्रो कामको विरोध गर्नु गलत होइन् । यदि देशमा साच्चै लोकतन्त्र र गणतन्त्र आएको हो भने पशुपति शर्माले गित हटाउनु हुदैन् । हटाएर महा गल्ती गर्नु भो । जनताले मन पराउनु पशुपति शर्माको दोष होइन् । देशमा घटेका घटना लाई सम्बोधन गरेर टिप्पणी गर्नु , समेट्नु जायज हो ।

वर्तमान सरकार दुई तिहाई को सरकार हो । एशियाकै बलियो कम्युनिस्ट दलद्धारा निर्मित सरकार हो ।प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले यो गित बन्द गरौ भन्ने मान्छेलार्इ कार्वाहि गर्न पर्ने ठाउमा उल्टै बन्द गराउनु एकलौटी शासन को प्रत्यक्ष उदाहरणका रुपमा लिन सकिन्छ ।

सुन काण्ड के हुदैछ ? निर्मला काण्डको सत्य कुरा के हो ? वाईड काण्डको अपराधि को ? एनसेलको कर काण्ड बारे जवाफ दिनुस् ? अख़्तियारमा भ्रष्टाचार काण्डको सत्य के हो ? यि र यस्तै प्रश्न नागरिकहरुसँग छन् । यसको जवाफ सर्वधारण जनताले दिने की शक्ति मा रहेका सरकारी मान्छे र कर्मचारीले दिने ? यो सब बुझ्नु आवश्यक छ । एउटा गितको सत्य कुरा पचाउन नसक्नु सरासर गलत हो । यस्तो तरिकाले सर्वसाधारको मुख बन्द गर्दै हिड्ने हो भने , राणा फालियो , राजा फालिय ,फटाहापनि फालिने छन् ।

जनताको भावना अनुसार काम गर्न गार्हो छैन् । दल , नेता , शक्ति , पैसा र पदलाई महत्व नदिउ । जनताको आवश्यकता , चाहना र नेपालको भौगोलिक आकार सुहाउदो विकास भ्यागुताको गतिमा गर्न सके जनताले खुलेर सहयोग गर्नेछन् । देशले छिट्टै फड्को मार्न सफल हुनेमा विश्वस्त छु । यस्ता झिनामसिना कुरालाई ठुलै घटनाको रुपमा लिदै असली अनुहरलाई छोपेर ग़द्दार अनि अराजक तरिकाले शासन गर्न खोज्नु देश र जनताकालागि दुर्भाग्य को कुरा हो । समय प्रयाप्त छ , पाठ सिकौ र सिकाउ ।

कलाकारलाइ सम्मान गरौ । पशुपति शर्मा जस्ता कलाकारको आवाजलाई नथुमौ ।जनताको आवाजलाई सुनौ र सम्मान गरौ । तबमात्र देशमा दल , नेता र सरकार रहनेछ् । अन्यथा देशलाई कोल्टेफेर्नबाट कुनै माईकलालले रोक्न सक्ने छैन् ।

एच.बी ताम्राकारको फेसबुक वालबाट