५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा भारतीय पक्षको गुन्डागर्दी, नौ फिट अग्लो कच्ची बाँध बनाउदा थारू बस्ती पूरै डुबान पर्ने खतरा



अ+ अ-

कैलाली । कैलालीको कैलारी गाउँपालिका–३ मा भारतले झन्डै नौ फिट अग्लो कच्ची बाँध बनाउदा यसको अनुगमन गर्ने निकाय बेखबर बनेका छन् । भारतले डोजर नै लगाएर दशगजादेखि केही भारततिर गहिरो नाली खन्दै अस्थायी बाँध बनाएर शिवरत्नपुरका सय परिवारको थारू बस्ती पूरै डुबान हुने गरी काम गरिरहदाँ समेत प्रशासन मैन बसेको हो

वडाध्यक्ष कैलाश चौधरीका अनुसार एक सातादेखि सिमामा डोजर नै लगाएर कच्ची बाँध निमाणमा भारत लाग्दा नेपाली भु -भाग जोखिममा पर्ने भन्दै अनुगमन गर्ने निकायलाई हारगुहार गरेका हुन्। प्रशासन ‘जिल्ला प्रशासन कार्यालय कैलाली, सशस्त्र प्रहरीको सीमा सुरक्षा बलसहित नेपाली प्रशासनलाई यसबारे कुनै जानकारी छैन’, वडाध्यक्ष चौधरीले भने, ‘हामीले हाम्रो शिवरत्नपुरको बस्तीमा बस्ने सय घरपरिवारलाई डुबानबाट बचाउन सहयामेग मागिरहेका छौ, यदि उक्त बाँध नभक्काएमा बस्ती डुबानमा पर्छ ’, वडाध्यक्ष चौधरीले भने।

उनका अनुसार भारतीय पक्षलाई । यति अग्लो कच्ची बाँध किन बनाएको भनेर सोधेपछि उनीहरूले वन विभागको आदेश भएकाले यस्तो गरेको बताएको बताएका छन् ।

शिवरत्नपुरसँग जोडिएको सीमा क्षेत्रमा दशगजाभन्दा झण्डै १० मिटर भारततिर दुधवा नेसनल पार्कमा भारतले गहिरो नाली खनेर त्यो नालीको माटो बाँधजस्तै थुप्रो बनाएको हो। १३ वर्षअघि दशगजामै खनिएको नाली अहिले पुरिएकाले उसले केही पर नाली खनेर नेपाललाई डुबान पार्ने सम्भावना रहेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले पनि यसबारे भारतीय पक्षले कुनै जानकारी नदिएको बताए। ‘डोकेबजारको भन्दा निकै अग्लो गरी खाली खनिएको थाहा पाएँ, त्यसबारे नेपाली प्रशासन, वन कार्यालय कसैलाई पनि भारतले जानकारी दिएको छैन’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने।

यसअघि भारतीय पक्षले धनगढी गौरीफन्टा नाकानजिकै कञ्चनपुरको डोकेबजारमा मोहना–लालझाडी करिडोर नै अवरुद्ध हुनेगरी नालीसहित तारबार गरेको थियो। त्यसबेला नेपाली पक्षको विरोधपश्चात् केही दिन काम रोकिएपछि फेरि भारतले माथिको आदेश भन्दै २ किलोमिटरको नाली र तारबारको काम सम्पन्न गरेको छ।