२७ जेष्ठ २०८३, बुधबार
,
Latest
‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएकै छैन- इश्वर पोखरेल



अ+ अ-


काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा कुनै पनि सहमति नभएको खुलासा गरेका छन् । उनले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भन्ने विषयमा कुरा बाहिर आएको तर पनि त्यस्तै कुनै पनि प्रकारको सहमति नेकपामा नभएको दोहोर्‍याएका छन् ।

नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व सम्हाल्ने सहमति पहिले नै भएको तर पनि अर्का अध्यक्ष प्रचण्डबारे आफूले कहिँ कतै सहमति भएको थाहा नपाएको बताए । नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री पोखरेलले नेपाली रेडियो नेटवर्क र जनता जान्न चाहन्छन् टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग शनिबार कुरा गर्दै ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा सत्यता नरहेको दाबी गरे ।

उनले सो अन्तरवार्तामा भनेका छन, ‘मैले दुबै अध्यक्षसँगको भेटमा आलोपालो प्रधानमन्त्री बन्ने कुरा के हो भनेर सोधेको छु । तर, दुबैले यो विषय केही होइन भन्नुभएको छ’, मन्त्री पोखरेलले भने, ‘ओलीज्यूलाई किन हटाउने ? केका लागि हटाउने ? उहाँले नै पाँच वर्ष चलाउनु हुन्छ ।’

पोखरेल यतिखेर पूर्व माओवादीहरु र विशेषगरी प्रचण्डप्रति निकै आलोचक भएका छन् । प्रचण्डले यदि पूर्व माओवादीहरुलाई दबाउन खोजियो भने अर्काे माओवादी जन्मिन सक्छ भनी हालै दिएको अभिव्यक्तिको पनि कडा शब्दमा प्रतिकार गरेका थिए । त्यस्तै पोखरेल पार्टी कार्यालयमा आयोजना गरिएको गत बुधबारको जनयुक्त दिवस मनाउने कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।