२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची पानी यो वर्ष पनि नआउने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई ल्याउनेभन्दा पनि पुराने ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि पुरानै ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि चालू आवभित्रै काठमाडौंमा मेलम्चीको पानी आउनेमा भने आशंका छ ।

मेलम्ची खानेपानी विकास समितिले चालू आर्थिक वर्षभित्रै काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न तत्काल विशेष परिस्थितिमा जाने निर्यर्ण गर्नु पर्ने बताएको छ र अन्तर्राष्ट्रिय बोलपत्र गर्दा आह्वान गर्दा आयोजनाको काम सम्पन्न गर्न दुईदेखि ती वर्षसम्म लाग्ने अनुमान गरिएको छ ।

तत्काल काम सुरु गर्ने हो भने बाँकी काम सहायक ठेकदार कम्पनीमार्फत् गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनको दफा ६६ तथा सार्वजनिक खरिद नियमावलीको दफा १४५ अनुसार विशेष परिस्थितिको अवस्था जनाई खरिद प्रक्रिया अगाडि बढाउनृ निर्णय गर्नु पर्ने हुन्छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।