२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयाम आर्टवर्कस नेपाली कविताको जगतको एउटा नयाँ आयाम**



अ+ अ-


एउटा सभ्य र उन्नत समाजका अनेक आयामहरु मध्ये भाषा, कला र साहित्य अति नै महत्वपूर्ण आयामहरु हुन। कला, भाषा र साहित्यको व्यापकता र विशिष्टता भनेको कुनै पनि सभ्यताको अनुहार जस्तै होस जस्ले उस्को समग्र अस्तित्वको सुक्ष्म परिचय दिन सक्छ। युवावर्गको यी आयामहरु प्रतिको रुचि, लगाव र यी प्रतिको दृस्ठिकोणले समाज कता तिर गैरहेको छ भन्ने बुझ्न सकिन्छ।
यी दुवैको सम्बन्ध सुमधुर र आत्मीय रह्यो भने नेपाली समाजको भविष्य उज्ज्वल हुने पक्का छ। यो सम्बन्ध मजबुत बनाउने अनेक कडिहरु मध्येको एउटा कडि होस आयाम आर्टवर्क।

यो युगमा ईन्टरनेट कस्ले नचलाउला ? ‘जहाँ पुग्दैनन रवि त्यहाँ पुग्छन कवि’ भनेर कोइ विद्वान भन्थे रे । आजकाल ईन्टरनेट जहाँ नि पुग्छ, त्यसैले जहाँ ईन्टरनेट पुग्छ त्यहां कवि नि पुग्नु पर्छ। मोबाइलमा, ल्यापटपमा गित-संगित, नाच-नर्तकी, फिलिम-नाटक, खेलकुद-कुदलखेट सबै आउन सक्छ्न भने। केही विचारका, केही भावनाका, केही सुन्दरताका, केही प्रेमका, केही दर्शनका, केही समाजका र केही कल्पनाका कुरा बोकेका सुन्दर कविताहरु किन आउन सक्दैनन ? आउनु पर्दैन तरु अवस्य ! आउनु पर्छ। यसरी पनि त केही टेवा पुग्छ भाषा र सहित्यको आधुनिक युगमा, सानै भए नि। भन्ने सोचका साथ शिशुपाईला चाल्दै अगाडी बडेको आयाम आर्टवर्क, अहिले सबैको माया र सद्भावले वयस्क भएको छ।

यहाँ युवाहरु बोल्छन, मनका भावहरु खोल्छ्नस कवितामा। सुन्दा कविता सुनिन्छ तर लाग्छ देश बोल्दैछ, समाजले अफ्नो अदृश्य मुख खोल्दैछ। एक बर्षको छोटो अन्तरालमा, १११ भन्दा बढी कविता र ६५ भन्दा बढी युवा कविहरुलाई आफ्नो आधिकारिक यु-ट्युव च्यानल र सामाजिक संजालहरु मार्फत लाखौं जनता माझ पुर्‍याउन सफल भएको छ आयाम। प्रत्यक्ष रुपमा कविता वाचन र श्रवणको सु-संस्कारको बिकास होस भन्नाका लागि, आयाम आर्टवर्क कविता बाचन कार्यक्रमको आयोजना गर्दैछ।

आउँदो फाल्गुन ४ गते १०९ डिग्री रेस्टुरेन्ट, मित्रपार्कको सुन्दर प्रांगणमा हुने सो इभेन्टमा लगभग १७ भन्दा बढी युवा कविहरुका सुन्दर कविताको सांगीतिक बाचन श्रवण गर्न पाइनेछ। खुल्ला प्राकृतिक बाताबरणमा साहित्यानुरागी र कविमनहरुको माझमा हुने सो इभेन्टमा युवा आवाज र दृस्ठिकोणले भरिएका सुन्दर र दमदार कविताहरुको श्रवण गर्न सकिनेछ। यो पनि नेपाली भाषा र साहित्यको नयाँ आयाम हुनेछ, हुने छैन त ? अवश्य हुनेछ।

– उज्जवल राज घिमिरे, गौशाला