२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्याकी देवी सरस्वतीको हातमा ल्यापटप



अ+ अ-

जनकपुरधाम । बाघमा चढेकी महिलाको प्रतिमालाई सरस्वती माताको नाम दिएर जनकपुरधामका युवाहरुको एक समूहले पूजा गरेपछि आलोचना सुरु भइरहेको छ । युवाहरुको जमातले बाघमाथी बसेकी सरस्वतीको हातमा ल्यापटप राखिदिएका छन् ।

स्थानीय जनक चोकमा बनाइएको बाघ चढेकी सरस्वतीको प्रतिमा अगाडि सेल्फी लिने युवाहरुको भिड लागेको छ भने बुद्धिजिवी एवं साँस्कृतिविदले हिन्दू धर्म एवं मिथिला साँस्कृति माथि खेलवाड भएको टिप्पणी गरेका छन् ।

विद्याकी देवी सरस्वतीलाई शान्त र सौम्य स्वभावको भनी हिन्दू धर्ममा वर्णन गरिएको छ । उनको वाहन हंसलाई भनिएको छ । तर, बाघमाथि सरस्वतीको प्रतिमा बसाइदिने, पूजामा भड्किला गीत घन्काएर अशान्ति मचाउनेजस्ता क्रियाकलाप विकृत मानसिकताको उपज रहेको नेपाली एवं मैथिली साहित्यका वरिष्ठ साहित्यकार प्राध्यापक राजेन्द्र विमल बताउँछन् ।

डा। विमलको तर्कसँग सहमती जनाउदै जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश साहले हिन्दू देवी देवतालाई अपमान गरेर जनकपुरमा केही युवाले गलत परम्पराको शुरुवात गरेको आरोप लगाए ।

सरस्वती पूजाका नाममा विकृति बढ्दै गएको र यसलाई रोक्न पहल गर्नु आवश्यक रहेको भन्नेहरु धेरै देखिएका छन । आधुनिकताका नाममा संस्कृतिलाई मजाक बनाइएकामा धेरैले टिप्पणी गरे ।

पहिला सरस्वती पूजाका दिन अक्षराम्भ हुन्थ्यो, भजनकीतर्न हुने गथ्र्यो, विद्यार्थीहरु आफना कला प्रस्तुत गर्थे तर अहिले विस्तारै त्यो हराउँदै गइरहेको छ । अहिले जनकपुरको विद्यालय भन्दा चोक चोकमा सरस्वतीको पूजा बढी हुन थालेको छ । जनकपुरको चोकहरुमा मात्रै एक सय स्थानमा सरस्वतकिो प्रतिमा बनाई पूजा गरिएको छ । ती चोकहरुमा भडकिलो भोजपूरी गीत गाएर सरस्वतीको स्वागत गरिएको छ । यही प्रवृत्तिको विरोध स्वरुप आफूहरुले बाघ माथि सरस्वती बनाएको आयोजक कमिटीका सुशिल कर्णले बताए ।

डा. अजूर्न सिंहले सरस्वती प्रतिमामा यो वदलाव समय सापेक्ष र सान्दर्भिक लागेको टिपपणी गरे । गतवर्षपनि यी युवाहरुले सरस्वतीको मूर्तिलाई स्कुटीमा बसाएका थिए ।
राजधानिबाट