२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार दुर्घटनामा परेपछि बेलायतका राजकुमारले बुझाए प्रहरीलाई आफ्नो ड्राइभिङ लाइसेन्स



अ+ अ-

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका ९७ वर्षीय श्रीमान राजकुमार फिलिपको केही दिनअघि कार दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेपछि राजकुमार फिलिपले आफ्नो ड्राइभिङ लाइसेन्स प्रहरीलाई बुझाएका छन् । उनले चलाएको कारले ठक्कर दिँदा दुई जना महिला घाइते भएका थिए । बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र लाइसेन्स स्वेच्छिक रुपमा त्याग गरेको दरबारले जानकारी दिएको छ ।

बकिंघम प्यालेसले बताएअनुसार ड्यूक अफ् एडिनबर्गसमेत रहेका राजकुमार फिलिपले गएको महिना भएको ल्याण्ड रोभर कार दुर्घटनापछि आफ्नो ड्राइभिङ लाइसेन्स बुझाउने निर्णय आफैले गरेका हुन् ।

दरबारबाट सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘गम्भीरतापूर्वक विचार गरेपछि ड्यूक अफ प्रिन्सले स्वेच्छाले आफ्नो ड्राइभिङ लाइसेन्स सरेन्डर गर्ने निर्णय लिनुभएको हो ।’

प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा पनि सेन्ड्रिंघममा भएको ल्याण्ड रोभर दुर्घटनाका चालकले आफ्नो लाइसेन्स बुझाएका छन् ।

राजकुमार फिलिपले चलाएको कार दुर्घटनामा परेपछि निकै नै विवाद भएको थियो । बढ्दो उमेरमा पनि सवारी चलाएको भन्दै राजकुमार फिलिपको आलोचना निकै नै भएको थियो ।

विश्वका धेरै देशमा सवारी चालकका लागि उमेरको हदबन्दी भए पनि बेलायतमा भने माथिल्लो माथिल्लो उमेरमा कुनै हदबन्दी छैन । तर कुनै रोगबाट ग्रस्तलाई भने सवारी चलाउन मनाही छ । एजेन्सी