२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे



अ+ अ-

लन्डन । बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गर्नुभएको छ ।

गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो ।

सन्तानब्बे वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुनुहुन्छ ।

बकिङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रुपमा लाइसेन्स त्याग गर्नुभएको जनाएको छ ।

प्रहरीले राजदरबारको बाहिरपट्टि भएको उक्त दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्ता समक्ष पठाएको जनाएको छ । “नर्फोक प्रहरीले ल्यान्ड रोभर जीपका ९७ वर्षीय चालकले स्वेच्छिक रुपमा लाइसेन्स फिर्ता गर्नुभएको छ,” प्रहरीले पुष्टी गरेको छ । “राजदरबार बाहिरको सान्ड्रिन्घाममा फिलिपले हाँकेको गाडी अर्को गाडीसँग ठोक्किएको र त्यससम्बन्धी प्रतिवेदन राजदरबारका अभियोजन सेवा ९सीपीएस० समक्ष पठाइएको छ ।”

सीपीएसका एक जना प्रवक्ताले घटनामा राजकुमारको नाम जोडिएकाले त्यसै अनुरुप घटनाका बारेमा छानबिन गरिने बताएका छन् । तर प्रहरीले फिलिपमाथि कारबाही गर्ने सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरुले बताएका छन् ।

फिलिपको जीपले किया कारलाई ठक्कर दिएको थियो । प्रहरीले किया कारको पछिल्लो सिटमा रहेका बालकलाई भने केही भएको छैन । कारमा सबार एक महिलाको कम्मर भाँचिएको र घुँडामा चोट लागेको छ ।

राजकुमार फिलिपले सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिनुभएको थियो । उहाँको गत वर्ष अप्रिलमा पिठ्युँ प्रतिस्थापन शल्यक्रिया गरिएको थियो ।