२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड लिगको दोस्रो स्थानमा



अ+ अ-

काठमाडौं । एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई ३–१ गोलअन्तरले पराजित गर्न गरेको हो । रियल मड्रिडको जितमा कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले समान १/१ गोल गरे । यता, एट्लेटिको मड्रिडका लागि एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा घरेलु ग्रीजम्यानले गोल गरेपछि एट्लेटिको मड्रिडले खेल १–१ गोलको बराबरीमा ल्याएको थियो । तर खेलको ४३ औं मिनेटमा रामोसले पेनाल्टीबाट गोल गर्दै रिय मड्रिडलाई २–१ गोलको अग्रता दिलाए ।

बेलले ७४ औं मिनेटमा गोल गरेपछि रियल मड्रिडले खेल ३–१ गोलअन्तरले जित हात पारेको हो ।

जितपछि रियल मड्रिडले २३ खेलबाट ४५ अंक बनाएको छ । पराजित एट्लेटिको मड्रिडको समान खेलबाट ४४ अंक छ ।