२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सांसदको आरोप, समायोजन विधेयक नै संघीयताविरोधी



अ+ अ-

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा प्रस्तुत भएको कर्मचारी समायोजन विधेयक नै संघीयताविरोधी भएको सांसदहरूले आरोप लगाएका छन् । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ को प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गरेपछि सांसदहरूले आपत्ति जनाएका हुन् ।

संसद्मा प्रस्तुत भएको कर्मचारी समायोजन विधेयक संघीयताविरोधी भएको सांसदहरूले टिप्पणी थियो । विधेयकको छलफलका क्रममा बोल्ने सबै सांसदहरूले कर्मचारीको वृत्तिविकासमा विधेयकले रोक्ने दाबी गरे । पूर्वसामान्य प्रशासनमन्त्रीसमेत रहेकी सांसद रेखा शर्माले कर्मचारी समायोजन विधेयकले कर्मचारीको वृत्ति विकास र संघीयता आत्मसाथ गर्न नसकेको बताइन् । विधेयक पेस गर्दै गर्दा समेट्न धेरै विषय रहेको उनको भनाइ थियो । उनले स्थानीय तहको प्रमुखदेखि, प्रदेशका मुख्य सचिव, सचिव केन्द्रले नियुक्ति गर्ने व्यवस्थाले संघीयता कार्यान्वयनमा समस्या उत्पन्न हुने आशंका गरिन् ।
‘प्रदेशको मन्त्री त्यहाँको मुख्यमन्त्रीले नियुक्त गर्ने तर त्यहाँको सचिव प्रधानमन्त्रीले नियुक्ति गर्ने,’ सांसद शर्माले भनिन्, ‘यस प्रकारको व्यवस्थाले संघीयताको मर्म कसरी पूरा हुन सक्ला ?’ विधेयकले कर्मचारीलाई केन्द्रप्रति नै उत्तरदायी बनाउने देखिएको उनले आशंका व्यक्त गरिन् । केन्द्र र प्रदेशको समन्वय अभावमा प्रदेशले राम्रोसँग कार्य गर्न नसक्ने उनको तर्क छ । सबै कर्मचारी केन्द्रले खटाउने भन्दै गर्दा तल्लो तहका मात्रै समायोजनमा जाने तर उपल्लो स्थानका कर्मचारी केन्द्रले खटाउने प्रवृत्ति देखिएको छ । त्यसैले विधेयकलाई संशोधन गर्नुपर्ने सुझाव शर्माले दिइन् । राजधानी दैनिकमा समाचार छ ।




भर्खरै