२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरको नेतृत्व ‘असफल’, नेविसंघ विघटनको तयारी



अ+ अ-

काठमाडौ‌ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति विघटन गर्ने तयारी गरेको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल महर नेतृत्वको विकल्पमा जान सहमत भएका छन्।

पौडेलले संघको वर्तमान नेतृत्वले संगठन बनाउन र अधिवेशन गर्न नसकेको भन्दै विघटनको प्रस्ताव गरेका थिए। उनले विश्वसनीय ढंगको तदर्थ समिति बनाउनुपर्ने बताएका थिए।

उपसभापति विमलेन्द्र निधिले राजनीतिक र वैधानिक रूपले समेत वर्तमान कार्यसमिति राखिराख्नु औचित्य नभएकाले तदर्थ समिति बनाउने पक्षमा मत राखेका थिए।

पूर्वमहामन्त्री कृष्ण सिटौला भने विघटनको विपक्षमा छन्। उनले सबै भ्रातृसंस्थालाई अधिवेशन गराउने समय दिनुपर्ने बताए। सभापति देउवाले ६ महिनाभित्र महाधिवेशन गराउने गरी नयाँ नेतृत्वमा तदर्थ समिति बनाउने तयारी अघि बढाएको एक केन्द्रीय सदस्यले बताए। यो खबर आजको कान्तिपुर दैनिकले समाचार छापेको छ।

पौडेलले दोहोर्‍याए महाधिवेशनको तालिका
वरिष्ठ नेता पौडेलले २०७६ फागुन ७ मा पार्टी महाधिवेशन गर्ने प्रस्ताव बुधबार पनि दोहोर्‍याएका छन्। देउवाले पनि साढे ५ वर्षभित्र मात्रै महाधिवेशन हुने जवाफ फर्काए।

पार्टीको विधानअनुसार आगामी ०७६ फागुनभित्र नियमित महाधिवेशन गराउनुपर्ने हुन्छ। विधानमा थप एक वर्षको समय बढाउन सक्ने प्रावधान छ।

संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा भने साढे ५ वर्षभित्र महाधिवेशन गराउन सक्ने प्रावधान छ। देउवाले संविधानकै व्यवस्था टेकेर साढे ५ वर्षमा महाधिवेशन हुने जवाफ पौडेललाई दिएका हुन्।

‘महाधिवेशन पर सार्ने कुरा भइरहेको छ, ५ वर्षको मात्रै राजनीतिक जीवन हो भने सार्ने कुरा गरौं,’ पौडेलले भने, ‘होइन भने समयमै महाधिवेशन हुनुपर्छ, मैले जुन एजेन्डा प्रस्तुत गरेको छु, त्यही एजेन्डा लिएर अघि बढ्नुपर्छ।’