२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजनमा चलखेल, मन्त्रीले लाए आखाँ



अ+ अ-

काठमाडौं । संघमै दरबन्दी कायम गर्न कर्मचारीहरूले चलखेल गर्न थालेपछि कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ।

मुख्यसचिव, सचिवलाई संघमै समायोजन गर्ने कार्यले तीव्रता लिए पनि सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजनले गति लिन नसकेको हो। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

संघमै दरबन्दी कायम राख्ने कर्मचारीले सामान्य प्रशासनमन्त्री र मन्त्रालयका उच्चपदस्थ कर्मचारीलाई दबाब दिएपछि समायोजन सकस बन्दै गएको छ। तथापि प्रदेश र स्थानीय तहमै बढी दरबन्दी छ।

सहसचिवको प्रस्ताव मन्त्रिपरिषदमा छलफल हुँदै गर्दा उपसचिव समायोजनले पूर्वघोषितअनुरूप नहुँदा समायोजन प्रक्रिया सुस्ताएको थियो। प्रशासन सेवाकाको मात्रै प्रक्रिाय सुरु गर्दा प्रदेश र स्थानीय तहमा जानेको संख्या अत्यन्तै न्यून देखिने मन्त्रालयले जनाएको छ।

सात वटा प्रदेशमा दुई र दुईजनाका दरले १४ जना राजस्वका उपसचिव समायोजनमा जाने भएपछि उनीहरूलाई संघमै राख्न आउैको दबाबसँगै नतिजा निकाल्न ढिलो भएको मन्त्रालयका अधिकारी बताउँछन्।