२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका डाक्टरहरु काठमाडौंमा



अ+ अ-

काठमाडौं । देशभरका सरकारी चिकित्सकलाई काठमाडौं डाकिएको छ । सरकारी चिकित्सक संघले विगतमा सरकारसँग गरिएको सहमतिविपरीत समायोजन गर्न थालेको भन्दै त्यसको विरोधमा काठमाडौं आउन आह्वान गरेको हो ।
देशभर १ हजार ४ सय चिकित्सक सरकारी सेवामा कार्यरत छन् । समायोजनको सन्दर्भमा भएको सहमति कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको भन्दै संघले दबाबका लागि केन्द्रमा भेला हुन आह्वान गरेको हो ।

संघ र स्वास्थ्य मन्त्रालयबीच गत २९ पुसमा सहमति भए पनि सरकारले कार्यान्वयनमा वास्ता नगरेको संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए । समायोजनको प्रक्रिया अघि बढ्ने तर चिकित्सकसँग भएको सहमतिको कार्यान्वयनमा सरकार मौन देखिएको भन्दै देशभरका स्वास्थ्य संस्थामा कार्यरत सरकारी चिकित्सलाई काठमाडौं आउन आग्रह गरिएको संघका अध्यक्ष पाण्डेले बताए ।

सहमति कार्यान्वयन हुन नसके प्रदेश तथा स्थानीय तहमा समायोजन भएका चिकित्सकको उच्च अध्ययन, तालिम, वृत्ति विकासमा असर पर्ने संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्तै, चिकित्सकलाई माथिल्लो स्तरको अस्पतालमा सरुवा तथा बढुवामा गम्भीर असर पर्ने सरकारी चिकित्सक संघले जनाएको छ । राजधानी दैनिकमा समाचार छ ।