२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलेआमा क्रिश्चियन धर्मको प्रचार गर्न प्रशासनको अनुमति



अ+ अ-

ललितपुर । टिच नेपाल’ नामक गैर सरकारी संस्थाले पुसमा शिक्षकका लागि विज्ञापन खुलायो। त्यसले संस्थालाई विवादमा तान्यो।

कारण थियो, शिक्षक बन्न क्रिश्चियन परिवारको हुनुपर्ने, क्रिश्चियन कलेजमा अध्ययन गरेको र चर्चको प्रमाणीकरण चिठी चाहिने लगायत मापदण्ड। विज्ञापनलाई लिएर संस्थाले धर्मप्रचार गरेको गुनासो आयो। र जिल्ला प्रशासन कार्यालयले संस्थालाई निलम्बन पनि गर्यो।

ललितपुर धोबीघाटमा ०७२ सालदेखि सञ्चालित ‘मातृभाषा अनुवादक समाज’ नामक संस्थालाई पनि धर्म प्रचार, धर्म परिवर्तनका गतिविधि गरिरहेको आरोप लागेको छ। यो विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सम्बोधन गर्दै एक व्यक्तिले ६ गते उजुरी हलेका थिए। अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

उजुरीका आधारमा प्रानमन्त्रीको कार्यालयबाट कार्याललयलाई कारबाही अघि बढाउन निर्देशन भएको छ। समाज ०७२ साल कात्तिक १६ गते दर्ता भएको हो। संस्थाले दर्ताकै क्रममा आफ्नो उद्देश्य प्रष्ट लेखेको छ। उसले आफ्ना उद्देश्यमा मातृभाषामा बाइबल तथा इसाइ धर्मसम्बन्धी पुस्तक, पुस्तिका अनुवाद गरी वितरण गर्ने उल्लेख छ। त्यसलाई जिल्ला प्रशासन कार्यालयले स्वीकृत पनि गरेको छ।