२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा हराए १२ लाख विद्यार्थी



अ+ अ-

काठमाडौं । शैक्षिक सत्र २०७६ का लागि तय गरिएको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ।
सरकारले तयार गरेको फ्ल्यास रिपोर्टका आधारमा शैक्षिक सत्र २०७६ का लागि तय गरेको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

शिक्षा तथा मावन स्रोत विकास केन्द्रले हचुवाको भरमा तथ्याङ्क निकाल्ने गरेको देखिएको छ। फ्ल्यास रिपोर्टअनुसार तत्कालीन शिक्षा विभागले जनक शिक्षा सामग्री केन्द्रलाई करिब ६८ लाख विद्यार्थीलाई पुग्ने पाठ्यपुस्तक छपाइ गर्न निर्देशन दिएको थियो। केन्द्रका अनुसार गत वर्ष ६८ लाख ७ हजार ५ सय ५२ विद्यार्थी स्कुलमा उपस्थित थिए।

तर शैक्षिक सत्र २०७५ मा यो संख्यामा १२ लाखले घटेर ५६ लाखको हाराहारीमा पुगेको छ। केन्द्रले दिएको तथ्याङ्कअनुसार शैक्षिक सत्र २०७६ का लागि ५६ लाख ९ हजार ५ सय ९३ विद्यार्थी रहने जनाएको छ। चालू आर्थिक वर्षमा ११ लाख ९७ हजार ८ सय ५९ विद्यार्थी कम रहेका छन्।

कहाँ हराए गत वर्ष भर्ना भएका करिब १२ लाख विद्यार्थीरु यो विषयमा केन्द्रले कुनै उत्तर दिन सकेको छैन। केन्द्रका शैक्षिक सूचना व्यवस्थापन शाखाका निर्देशक गोविन्दप्रसाद शर्माले विद्यार्थीको एकिन तथ्याङ्क निकाल्दा केही घटेको हुनसक्नेबताए ।