२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार हजारमा हेलिकप्टर



अ+ अ-

काठमाडौं । हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज पहिलो पटक यहाँ सुरु भएको छ ।

धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको अवसरमा कैलाली उद्योग वाणिज्य संघले चार हजार रुपैयाँमा हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज मंगलबारबाट सुरु गरेको हो ।

‘महोत्सवलाई मध्यनजर गरी हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज ल्याएका हौँ,’ संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने, ‘हेलिकप्टरमा चड्नेहरुको संख्या उल्लेखीय देखिएको छ । महोत्सव अवधिमा धनगढी अवलोकन गराउने छौँ ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।

महोत्सवपछि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा समेत प्याकेज सुरु गर्ने ओझाले जानकारी दिए । धनगढी बजार अवलोकन गर्नका लागि धनगढीमा रहेको पुरानो एयरपोर्टमा हेलिप्याड समेत बनाइएको छ । हेलिकप्टर चढ्नेहरुले चार हजारमै धनगढी बजार पूरै अवलोकन गर्नसक्ने उनले जानकारी दिए ।

संघको आयोजनामा १२ वर्षयता हरेक वर्ष सञ्चालन हुँदैआएको सुदूरपश्चिम महोत्सव सोमबार सुरु भएको हो । महोत्सवले यहाँको पर्यटन विकासमा टेवा पुर्याउने आयोजकले अपेक्षा गरेको छ ।