चितनव । नेकपा एमालेको दसौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओली र सो पदमा पराजित भीम रावल एउटै मञ्चमा देखिएका छन् ।
अध्यक्ष पदमा रावल ओलीसँग भारी मतले पराजित भए पनि बन्दसत्रको अन्तिम मञ्चमा उनीसँगै देखिएका हुन् ।
ओलीलाई बधाई दिनका लागि उनी मञ्चमा सँगै देखिएको बुझिएको छ ।
केही बेरमा औपचारिकरुपमा कार्यक्रमबाट मतपरिणाम घोषणा गरिँदैछ ।
मत परिणाम घोषणापछि आजै शपथ ग्रहण गराइने एमालेले जनाएको छ ।












