२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा ढिलो आउने शिक्षिकालाई विद्यार्थीले फर्काइदिए



अ+ अ-

मोरङ । ‘मिस तपाईंको घडीमा कति बज्यो ?’

शिक्षिका दुर्गावती राजवंशीले नाडी हेरिन्। भनिन्, ‘आउँदाआउँदै ५ मिनेट ढिला भएछ ।’

सोमबार १० बजेर ५ मिनेट गएको थियो। जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयको मूलढोकामा बसेका कक्षा ७ का दुर्गी ऋषिदेव र चन्द्रिकाकुमारी सरबरियाले भने, ‘आज तपाईं घर फर्कनुस्, भोलिदेखि १० बजेभित्र आइपुग्नुस्।’

‘ हुन्छ, फर्कन्छु, भोलिदेखि समयमै आइपुग्छु,’ शिक्षिका राजवंशीले भनिन् ।

उनले पछि भनिन्, ‘आफैंले बनाएको नियम हो ।’ यसअघि शिक्षिकाद्वय मनमाया गुरुङ र पूजा मण्डललाई पनि विद्यार्थीले ढोकैबाट फर्काएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।