२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली विश्वविद्यालय खडा गरेको आरोपमा १२९ जना पक्राउ, भारतको आपती



अ+ अ-

काठमाडौं । अमेरिकामा एउटा नक्कली विश्वविद्यालय खडा गरेर १२९ जना विद्यार्थीलाई पक्राउ गरेको घटनाको भारतले विरोध जनाएको छ ।

अमेरिकी सरकारी अधिकारीहरूले अवैध आप्रवासनप्रति निशाना साध्दै नक्कली विश्वविद्यालय खडा गरेर उनीहरुलाई पक्राउ गरेको पाइएपछि भारतले कूटनीतिक रुपमा विरोध जनाएको हो ।

अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी होमल्याण्ड सेक्युरिटी मन्त्रालयका गुप्तचरहरूले ‘पे–टू–स्टे’ भनिने आप्रवासनसम्बन्धी गलत कार्य पत्ता लगाउन फर्मिङ्टन विश्वविद्यालय मिसिगन राज्यमा रहेको भनेर विज्ञापन गरेका थिए । तर सो विश्वविद्यालय कागजमा मात्रै सीमित थियो ।

अभियोजकहरुले भर्ना हुन आएकालाई सो विश्वविद्यालय अवैध भएको थाहा भएको उल्लेख गरेका छन् । तर भारतीय अधिकारीहरूले भने ती विद्यार्थीहरूलाई छल गरिएको उल्लेख गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले अमेरिकामा पक्राउ परेका विद्यार्थीहरूप्रति गम्भीर चासो देखाउँदै दिल्लीस्थित अमेरिकी दूतावासमा उनीहरूलाई कन्सुलर पहुँच दिन आग्रह समेत गरेको छ ।

भारतलेल ती विद्यार्थीहरूलाई विश्वविद्यालयमा भर्ना गर्ने नाममा छल गरिएको हुन सक्ने भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न समेत माग गरेको छ ।

भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘हामीले अमेरिकी हिरासतमा रहेका सबै विद्यार्थीको पूर्ण विवरण भारत सरकारलाई दिन आग्रह गरेका छौं । यथाशीघ्र उनीहरूलाई हिरासतबाट मुक्त गर्न भनेका छौँ र उनीहरूको इच्छा विपरीत भारत नफर्काउन भनेका छौं ।’

अमेरिकास्थित भारतीय दूतावासमा हिरासतमा रहेका विद्यार्थीबारे चिन्तित आफन्तहरूले सम्पर्क गर्न टेलिफोन हटलाइनको व्यवस्था गरिएको द टाइम्स अफ इन्डियाले जनाएको छ । दिल्लीस्थित अमेरिकी दूतावासले भारत सरकारको कुटनीतिक पत्र प्राप्त गरेको पुष्टि गरेपनि त्यसबारे कुनै टिप्पणी गरेको छैन ।

अमेरिकामा यस्तो घटना भएको यो पहिलो घटना भने होइन । सन् २०१६ मा यसरी नै २१ जनालाई पक्राउ गरिएको थियो । त्यसबेला पक्राउ पर्नेमा चिनियाँ र भारतीय रहेका थिए ।

फर्मिङ्टन विश्वविद्यालयको वेबसाइटमा कक्षामा पढिरहेका विद्यार्थीहरूको तस्बिर, पुस्तकालय र हरियो चौरसहितको प्राङ्गण समेत देखाइएको थियो ।

सो विश्वविद्यालयका नाममा निकालिएको विज्ञापनमा स्नातक भन्दा तल्लो तहका विद्यार्थीलाई वर्षको ८ हजार ५ सय डलर ट्युसन फि र स्नातक तहका विद्यार्थीका लागि ११ हजार डलर तोकिएको थियो । जसको कुनै कार्यक्रमहरू उल्लेख नभएको क्यालेन्डर सहितको झुटो फेसबुक पेज समेत थियो ।

तर गत साता प्रकाशित अदालती कागजातहरूमा सो विश्वविद्यालयका कर्मचारीहरू आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय आइसीइका गोप्य एजेन्टहरू रहेको पाइएको उल्लेख थियो । डेट्रोइट न्यूजका अनुसार हिरासतमा रहेकामध्ये धेरैलाई भारत फर्काइने छ ।

विदेशी नागरिकलाई गैरकानूनी रूपमा भर्ना गराएर अमेरिका बस्न प्रेरित गर्ने ८ जनालाई षड्यन्त्रको आरोपमा कारबाही गरिने बताइएको छ । समाचार राजधानी दैनिकमा छ ।