२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी नेपाली भूमीमा भारतको दादागिरी, सरकार बेखबर



अ+ अ-

काठमाडौं । द्विपक्षीय छलफल गरेर मात्रै नाली खन्ने सहमतिविपरीत भारतीय पक्षले कञ्चनपुरको डोकेबजारमा फेरि नाली र तारजालीको काम सुरु गरेको छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।

माघ ११ गते कञ्चनपुरका डिभिजन वन अधिकृतसहितको टोलीसँग दुई देशका अधिकारीबीचको बैठकमा छलफल गरेर मात्रै नाली र तारजालीको काम गर्ने सहमति भएको थियो । तर, भारतीय वन विभागले शनिबार बेलुकीदेखि पुनः कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार क्षेत्र नजिकै जैविक मार्ग क्षेत्रमा नाली खन्न थालेको हो ।

माघ ११ गते दुवै देशका अधिकारीबीच उक्त विषयमा सीमा बैठकमा छलफल गर्ने र केन्द्रीय निर्देशनअनुरूप अघि बढ्ने सहमति भए पनि भारतीय पक्षले त्यसको उल्लंघन गरेको स्थानीयले बताएका छन् । ‘शनिबारदेखि भारतीय पक्षले फेरि नाली खन्न थालेको छ’, निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भने, ‘भारतीय पक्षले साताअघि भएको छलफलपछि पुनः खन्न सुरु गरेको विषयमा केन्द्रमा जानकारी गराइएको छ ।’

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पत्र लेखी भारतीय पक्षले दसगजा क्षेत्रनजिकै आफ्नै भूभागमा डोजर लगाएर नाली खन्न लागिरहेको विषयमा जानकारी गराएको छ । गृहमार्फत नै परराष्ट्र मन्त्रालयसहित नापी विभागमा समेत भारतीय पक्षले गरिरहेको कामबारे जानकारी गराइसकिएको प्रशासनले जनाएको छ ।

माथिबाटै नरोक्न आदेश आएपछि काम सुरु गरेको भारतीय पक्षको भनाइ छ । ‘भारतीय पक्षसँग बुझ्दा माथिको आदेशमा काम गरिरहेका हौं भन्छन्’, पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालले भने, ‘केन्द्रको नीतिअनुरूप नै भनेर भारतीय पक्षले धमाधम काम अघि बढाइरहेको छ ।’

दशगजामा तारबार लगाउँदै भारत, नेपाली भू–भाग डुबान हुने खतरा

उनले भारतीय पक्षले दसगजा क्षेत्रमै तारबार लगाएर नेपाली भूभाग वर्षातमा डुबानमा पार्ने योजना रहेको आरोप लगाए । ‘त्यहाँ तारबारका नाममा ड्याम बनाउने र त्यसले नेपालतर्फ क्षति हुने देखिन्छ’, उनले भने । दसगजा क्षेत्रनजिकै कुनै पनि मुलुकले भौतिक संरचना निर्माण गर्नुअघि सहमति गर्नुपर्ने भए पनि भारतीय पक्षले त्यसको समेत उल्लंघन गरेर काम अघि बढाएको हो ।

नेपालतर्फको डोकेबजार क्षेत्रबाट फोहोर फ्याँक्ने गरिएको तथा भारतीय जनावर नेपाल जानबाट रोक्नका लागि भन्दै नाला खनेर तारबार लगाउन लागिएको भारतीय पक्षले बताएको छ । चार वर्ष अघिसमेत भारतीय पक्षले डोकेबजार क्षेत्रमै नाली निर्माण थाल्दा नेपाली पक्षको विरोधपछि रोकिएको थियो ।

भारतले अन्तर्राष्ट्रिय जैविकमार्गमा नाला खनेर तारबार लगाउन सुरु गरेपछि त्यसले वन्यजन्तुको आवागमनमा असर पर्ने खतरा देखिएको छ । ‘जुन ठाउँमा भारतले तारबार लगाउन सुरु गरेको छ, त्यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्छ’, लालझाडी मोहना संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐरले भने ।

जैविक विविधतालाई समेत ख्याल नगरी भारतीय पक्षले वन्यजन्तुको आवागमनलाई नै असर पुग्ने हिसाबले काम गरिरहेको उनले बताए । उनका अनुसार नाला खनिरहेको स्थान भारतको दुधुवा नेसनल पार्कको क्षेत्र हो ।

भारतको दुधुवा नेसनल पार्क हुँदै नेपालतर्फ लालझाडी–शुक्लाफाँटा हुँदै चुरेको फेदीसम्म वन्यजन्तु आवागमन हुने अन्तर्राष्ट्रिय जैविक मार्ग हो । २ किलोमिटर लामो नाला खनेर तारबार लगाउन लागेको हो । भारतको दुधुवा नेसनल पार्कको १७ किलोमिटर क्षेत्रफल जैविक मार्गमा पर्छ ।