२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक अकाउन्ट ब्लक किन हुन्छ ? थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौँ । फेसबुक अहिलेको समयमा सोसियल साइट मध्ये एक लोकप्रिय माध्यम हो । फेसबुकमा आफ्नो फोटो अपलोड गर्ने, स्टाटस सेयर गर्ने, अरुका फोटो तथा स्टाटस लाइक तथा कमेन्ट गर्ने सामान्य कुरा हो । कतिपयका लागि त फेसबुक लतको रुपमा रहेको छ भने कतिपयलाई आफ्नो व्यापार व्यवसायलाई बढाउने माध्यम भएको छ । यसका बावजुद पनि धेरै प्रयोगकर्ताहरू फेसबुकले बनाएको सामान्य नियमहरु पालना गर्न चुक्दा धेरै पटक अकाउन्ट ब्लकमा पर्ने गरेका छन् । यदी तपाईले आफुलाई फेसबुकमा स्मार्ट देखाउन चाहनुहुन्छ र ब्लक हुनवाट रोक्न चाहनुहुन्छ भने यी कामहरु फेसवुकमा नगर्नुहोस् ।

 १) अनावश्यक फ्रेन्ड र गेम रिक्वेस्ट नगर्ने

फेसबुकमा नचिनेको मान्छेहरुलाई फ्रेन्ड रिक्वेस्ट र गेम रिक्वेस्ट लगातार पठाइरहनु हुदैंन । यस्तो धेरै गरेमा पनि फेसबुकले तपाईको एकाउन्टलाई केही घन्टा वा दिनलाई ब्लक गरेर राख्न सक्छ ।

२) अनावश्य मेसेज नपठाउने

एकै पटक वा छिनछिनमा चिनेको वा नचिनेका ब्यक्तिहरुलाई एउटै किसिमका मेसेजहरु धेरै पठाउनु हुदैन । यसरी पठाएका मेसेजहरु पाउने ब्यक्तिले अनवेलकम गरिदिएमा तपाईको एकाउन्ट केही समयका लागि ब्लक हुन सक्छ । स्वभाविक भन्दा बढि म्यासेजलाई स्पाम म्यासेजको रूपमा पनि लिने खतरा हुन्छ ।

३) फोटो र भिडियो पोष्ट गर्दा ध्यान दिने

फेसबुकले आफ्नो पोलिसिमा स्पट रुपमा अश्लिलता भएको, लागू औषध, ब्यक्तिगत आक्षेप लगाउने किसिमका फोटो र भिडियो पोष्ट गर्न मनाही गरेको छ । यदी फेसवुकले वा कुनै ब्यक्तिले उक्त फोटो प्रति सुचना दिएमा एकाउन्टलाई केही समयसम्म रोक्न सक्छ ।

४) धेरै ग्रुपमा नजाने

फेसवुकले २ सय सम्म ग्रुपमा आबद्ध हुन दिन्छ । त्यो भन्दा बढी ग्रुपमा आबद्ध भएमा फेसवुकले तपाईको एकाउन्टलाई केही समय ब्लक गरेर राख्छ ।

५) अधिकार नभएको कन्टेन पोष्ट नगर्ने

यदी तपाइसँग कुनै फोटो, भिडियो वा टेक्सको प्रतिलिपि अधिकार छैन भने त्यस्ता फोटो, भिडियो र टेक्सहरुलाई डाउनलोड गरेर आफ्नो पेजबाट पोस्ट गर्नु हुदैंन । यस्तो अवस्थामा फेसबुकले थाहा पाएमा वा अरु कसैले उजुरी गरेमा तपाईको एकाउन्टलाई केही समय ब्लक गर्न सक्छ । यस्तो अवस्थामा उक्त फोटो, भिडियो वा टेक्सलाई सेयर गर्नु राम्रो हुन्छ ।

६) पोक बढी नगर्ने

फेसवुकले दिएको एउटा सुविधामा पोक पनि रहेको छ । यदी तपाईले एउटै ब्यक्तिलाई वारम्वार पोक गरेर सताउन थाल्नु भयो भने पनि तपाईको एकाउन्टलाई फेसवुकले केही समयका लागि ब्लक गरिदिन्छ ।

७) धृणा र अतिरंजित कुरा पोष्ट नगर्ने

कुनै पनि समुदाय वा समाजमा विचलन हुने किसिमको सामग्रीहरु पोस्ट गरेमा फेसव्ुकले उक्त एकाउन्टलाई केही समय ब्लक गर्न सक्छ ।

(एजेन्सीको सहयोगमा)