२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हास्नुको फाईदा यस्तो छ



अ+ अ-

एउटा भनाई छ, जो धेरै हास्छ उ धेरै बाच्छ । त्यसैले हाँस्दा खेरी रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र मस्तिष्कमा इन्ड्रोफिन नामको रसायन उत्पादन गर्छ । यसलाई ह्याप्पी हर्मोन पनि भनिन्छ । रक्त प्रवाहमा सुधार ल्याएर यसले दिमागमा अक्सिजनको प्रभाव बढाउन सहयोग गर्नुका साथै रक्तचाप घटाई मुटुलाई स्वस्थ बनाउँछ । मुटु स्वस्थ्य हुनु नै हाम्रो आयु लम्बिनु हो । शायद त्यही भएर भनिएको होला जो धेरै हास्छ उ धेरै बाच्छ ।

वैज्ञानिकहरुका अनुसार हाँसोले तनाव न्यून गर्छ र साँघुरिएका मुटुका धमनीहरुलाई तन्काई रक्त प्रवाह सहज बनाइदिन्छ । हाँसोले राम्रो कोलेस्ट्रोलको मात्रालाई वृद्धि गरिदिन्छ । मासिक धर्म रोकिन थालेपछि महिलामा हुने मुटु रोगको खतरालाई समेत यसले घटाउने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन् ।

युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका प्राध्यापक डा मिचेल मिलरका अनुसार एकाबिहानै उठेर हाँस्ने मानिसको स्नायुको कोष सकारात्मक हुने भएकाले बिहानै १५ मिनेट हाँस्दा दिनभरि सकारात्मक ऊर्जा आउँछ ।

त्यसैले मुहारमा दुःख हैन हासो र मुस्कान छर्नुस् अनी बाच्नुस् धेरै बर्ष ।