२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा देखियो पार्टी एकता नहुने यस्तो संकेत, पूर्व एमाले र माओवादी फरक फरक



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रहेका सांसदहरूले बुझाइरहेको लेवी अब एउटै संयुक्त खातामा बुझाउने भएका छन् ।

एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकीकरण भएर नेकपा भएयता पनि ती दलका सांसदहरूले आआफ्नै पूर्व पार्टीमा लेवी बुझाउँदै आएका थिए ।

पार्टीले हालसम्म संयुक्त खाता नदिएका कारण छुट्टाछुट्टै लेवी बुझाइरहेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेकपाको संसदीय दलबाट एउटा संयुक्त खाता माग भएको छ, । खाता पठाउने वित्तिकै दलका सम्पूर्ण सांसदको लेवी एउटै खातामा जान्छ ।”

पार्टीका शीर्ष नेतासँग पनि यस विषयमा छलफल भइरहेको बताउँदै गुरुङ्ले एकीकृत पार्टीको खाता चाँडै आउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

पार्टी एकीकृत भए पनि दुईवटै पार्टीको लेवी फरक फरक रहेको छ । अहिले पूर्वएमालेका प्रतिनिधिसभाका सांसदले मासिक रु. १३ हजार र मन्त्रीले रु. १५ हजार लेबी बुझाउँदै आएका छन् । त्यस्तै, पूर्वमाओवादी केन्द्रका प्रतिनिधिसभाका सांसदले मासिक रु.१२ हजार र मन्त्रीले रु.१५ हजार बुझाउने गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिनुभयो ।

एउटै खातामा जान थालेपछि लेबीमा पनि एकरूपता हुने सचेतक गुरुङले बताउनुभयो । सांसद तथा मन्त्रीको लेबी संसद् सचिवालयको लेखाबाट नै काटिन्छ । गोरखापत्रबाट