२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० हजार घुस लिनेलाई १५ दिन जेल



अ+ अ-

काठमाडौं । मुद्दा मिलाइदिने बहानामा २० हजार रुपैयाँ घुस लिएको अभियोगसहित मुद्दा दायर गरिएका उपन्यायाधिवक्ता प्रकास घिमिरेलाई १५ दिन जेल सजाय तोकिएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु रत्नबहादुर वागचन्द र चण्डीराज ढकालको इजलासले घिमिरेलाई उक्त सजाय गरेको हो । उनलाई २० हजार रुपैयाँ जरिबानासमेत गरिएको छ ।

घिमिरे काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयबाट धदिङ सरुवा भई रमाना पत्र बुझेको अवस्थामा २०७३ साल माघमा अख्तियार टोलीबाट २० हजार रुपैयाँसहित रंगेहात समातिएका थिए । अख्तियार छानविनपछि मुद्दा चलाइएका घिमिरेलाई भ्रष्टाचारमा सजाय भएपछि निजामती सेवा अन्तर्गतको सरकारी वकील समूहबाट बाहिरिएका छन् । समाचार अन्नपूर्ण पोष्टमा छ ।