२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एकता अन्यौलमा, नेता कार्यकर्ता जिम्मेवारीविहीन



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताका लागि गठन गरेको कार्यदल सुस्ताएपछि पार्टीका हजारौ नेता कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा भएको आठ महिना पुगिसकेको छ । पार्टी एकता घोषणा सभामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताले तीन महिनाभित्रा पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए ।

तर, अहिलेसम्ममा नेकपाको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै टुंगो लागेको छ । टुंगो लागेका कमिटीमा रहेका नेताले समेत कुनै जिम्मेवारी पाएका छैनन् भने हजारांै नेता कार्यकर्ता कुनै कमिटीमा नै पर्न सकेका छैनन् ।

पार्टीको पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, प्रदेश कमिटी सदस्यको जिम्मेवारी बाँडफाँट, विभाग, जनवर्गीय संगठनको एकता, जिल्ला कमिटीदेखि स्थानीय तहका कमिटी अझै गठन हुन नसक्दा हजारांै नेता कार्यकर्ता जिम्मेवारीविहीन भएका हुन् ।

पार्टी एकताको बाँकी काम टुंगो लगाउन १२ पुसमा सम्पन्न स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलले सुस्त गतिमा काम गरिरहेकाले एकताको टुंगो लाग्न ढिलाइ भएको हो । कार्यदलले समयमै काम गर्न नसकेपछि हजारौं नेता कार्यकर्ता अलमलमा परेका छन् ।

कार्यदलका एक सदस्यका अनुसार सबै तहको एकता टुंगो लगाउन अझै समय लाग्ने बताए । सबै कमिटी र जिम्मेवारी बाँडफाँटको टुंगो अहिले नै लगाउन नसकिने बताए ।

कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्न पुस मसान्तसम्मको समय दिइएको थियो । तर, पुस मसान्तभित्रै पार्टी एकताको काम कार्यदलले टुंगो लगाउन सकेन । प्रदेश कमिटी हेरफेर विषयमा विवाद भएपछि कार्यदलले केही निर्णय गर्न सकेको छैन । कार्यदलका एक सदस्यका अनुसार कार्यदलले पाएको जिम्मेवारी पूरा गर्न अझै समय लाग्ने जनाएका छन् ।

१२ पुसमा सम्पन्न पार्टी स्थायी कमिटी बैठकले नौ सदस्यीय कार्यदल गठन गरेको थियो । तर, कार्यदलको बैठक बस्दा एकताको टुंगो लगाउने जिषयमा सहमति हुन नसकेको ती सदस्यले जनाए ।

नौ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, वेदुराम भुसाल र रघुवीर महासेठ छन् । पुस मसान्तभित्रैमा पार्टी एकताको गृह कार्य गरी प्रतिवेदन बुझाउने गरी कार्यदलको बैठक पटक पटक बस्यो । तर, सहमति भने हुन सकेको छैन ।

केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, जिल्ला कमिटीसहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउने कार्यदलले जिम्मेवारी स्थायी कमिटी बैठकबाट पाएको हो ।

कार्यदलको बैठकमा पार्टी महासचिव समेत रहेका पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं पार्टी इन्चार्जसमेत रहेका शंकर पोखरेल, रघुवीर महासेठ प्रदेश कमिटी हेरफेर प्रस्तावमा सहमत नभएपछि कार्यदल अलमलमा परेको छ । प्रदेश कमिटी हेरफेर विषयमा कुनै निर्णय गर्न नसकेको कार्यदलले अन्य तहको कमिटी निर्माणबारे टुंगोमा पुग्न सकेको छैन ।

कार्यदल सदस्य वेदुराम भुसालले एकताको बाँकी काम छिट्टै टुंगो लाग्ने बताए । कार्यदलमा छलफल चलिरहेको भन्दै उनले छिट्टै नै टुंगो लाग्ने बताए । कार्यदलले आफ्नो काम गरिरहेको र कुनै समयसीमा नतोकिएकाले काम गर्दै जाँदा टुंगो लाग्ने उनले बताए । राजधानीवाट