२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वबाट उपत्यका भित्रिने गाडी भक्तपुरमै रोक्ने



अ+ अ-

काठमाडौं । काठमाडौंको सवारी जाम घटाउन भित्री ११ रुटमा पिक एन्ड ड्रप अभियान चलाएको ट्राफिक प्रहरीले चक्रपथबाहिर पनि विस्तार गर्ने तयारी गरेको छ।
पूर्व र पश्चिमबाट गाडी भित्रिने मुख्य नाका कोटेश्वर र कलंकीमा यो नियम लागू गर्न लागेको हो। बिपी र अरनिको राजमार्गबाट भित्रिने पूर्वका गाडीलाई भक्तपुरको मनोहरामै रोक्ने प्रहरीको तयारी रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ।
‘अहिले अरनिको राजमार्गमा चल्ने सवारी खुलामञ्चस्थित बसपार्कमा आउँछन्। यसले चक्रपथमा जाम बढेको । मनोराकिनारमै रोक्ने व्यवस्था भयो भने कोटेश्वरको जाम घट्छ,’ साना ठूला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्थीले भने। अरनिको राजमार्गले विशेषगरी भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई जोड्छ। बिपी राजमार्गले सिन्धुलीदेखि पूर्वी नेपालका जिल्ला जोड्छ।